×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लोडसेडिङ हटेपछि तारे होटलले लैजान छाडे डिजल, ठूलाखालका उपभोक्ताको संख्या घट्दै

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

लोडसेडिङ हटेपछि तारे होटलले लैजान छाडे डिजल, ठूलाखालका उपभोक्ताको संख्या घट्दै

२ फाल्गुन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – लोडसेडिङ हटेपछि नेपाल आयल निगमको थानकोट डिपोमा ठूला बिक्रेता (कन्जुमर) डिजल लिन जान छाडेका छन् । विगतको जाडो याममा डिजल लिन लाइन हुने डिपोमा अहिले दैनिक एक दुर्इवटा मात्रै छन् ।
लोडसेडिङ हटेपछि उपत्यकामा रहेका तारे होटलले डिजलनै लिन छाडेका छन् । डिपो प्रमुख नेत्र काफ्लेका अनुसार उपत्यकाका धेरैजसो पाँच तारे होटलले अहिले डिजल लिन छाडिसकेका छन् ।
अहिले बोइलर चलाउने र सवारी साधनको लागि आवश्यक हुनेगरी महिना दिन भन्दा बढी समयपछि केही होटल आउँछन्, उनले भने, ठूला होटलले डिजल नलगेको धेरै भइसकेको छ ।
उनले अरु ठूला उपभोक्ताले पनि डिजल लैजान कम  गरेको बताए।डिपोबाट अहिले नेपालस्थित भारतीय, अमेरिकी,बेलायती लगायतका दूतावासले १५ दिनमा डिजल लैजाने गरेका थिए । गत वर्षको जाडोमा यी दूतावासले हप्ताको एकपल्ट १२ हजार लिटर डिजल लैजान्थे।काफ्लेका अनुसार यी दूतावासमा सवारी साधनका लागि चाहिने मात्रै डिजल गइरहेको छ ।
निर्माणले बढायो डिजलको माग
लोडसेडिङ कम भएपनि डिजलको माग भने घटेको छैन । थानकोट डिपोबाट अहिले दैनिक सात लाखको हाराहारीमा डिजल बिक्री हुन्छ।काफ्लेका अनुसार भूकम्प र नाकाबन्दीपछि विकासका काम अघि बढेकोले डिजलको माग बढेको हो ।
उनले मेलम्ची खानेपानी आयोजना, चक्रपथ निर्माण,माथिल्लो तामाकोशी जलविद्युत आयोजना लगायतका ठूला परियोजना तीब्रगतिमा अघि बढेकोले डिजलको माग बढेको दाबी गरे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: