×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विदेशमा रहेका नेपालीले दैनिक २ अर्ब नेपाल पठाउँदै

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

विदेशमा रहेका नेपालीले दैनिक २ अर्ब नेपाल पठाउँदै

१३ फाल्गुन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – विदेशमा रहेका नेपालीले दैनिक २ अर्ब रुपैयाँ नेपाल पठाउने गरेका छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार, चालु आर्थिक वर्षको पुस महिनासम्ममा विदेशमा रहेका नेपालीले ३ खर्ब ४२ अर्ब २३ करोड रुपैयाँ नेपाल पठाएका छन् । यसको अर्थ दैनिक करिव १ अर्ब ९० करोड भन्दा बढी रकम विदेशमा रहेका नेपालीले नेपाल पठाएको प्रष्ट हुन्छ ।
अघिल्लो आर्थिक वर्षमा जसरी विदेशमा रहेका नेपालीले पठाएको रकम रेमिटे्न्स बृद्धि भएको थियो । त्यही अनुपातमा चालु आवमा पनि बढेको भए त्यो भन्दा पनि बढी दैनिक रेमिटे्न्स रकम भित्रिने केन्द्रीय बैंकको भनाइ छ । अघिल्लो आर्थिक वर्षको पुसमा रेमिटे्न्स आप्रवाह १७.३ प्रतिशतले बढेको थियो । तर, चालु आवमा रेमिटे्न्स बृद्धि ५.७ प्रतिशतले मात्र भएको छ । पहिलेको तुलनामा रेमिटे्न्सको रकम बढेपनि बृद्धिदर जुन अनुपातमा भएको थियो । त्यो अनुपातमा बृद्धि हुन नसकेको केन्द्रीय बैंक नेपाल राष्ट बैंकको भनाइ छ ।
विदेशमा जाने नेपालीको संख्या घटेका कारण रेमिटेन्सको रकम जुन अनुपातमा अघिल्लो वर्ष बृद्धि भएको थियो त्यो अनुपातमा बृद्धि हुन नसकेको योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्री बताउँछन् । रेमिटे्न्सको बृद्धि दरमा कमी आउनुको मुख्य कारण विदेशमा जाने नेपालीको संख्या घट्नु हो ।
गत आर्थिक वर्षको पुसमा ४५ हजार ३ सय ६२ जना नेपाली विदेशमा गएका थिए । तर, चालु आवको त्यही महिना (पुससम्म) ३० हजार २ जना मात्र विदेशमा गएका छन् ।
रेमिटे्न्स आप्रवाहमा प्रत्यक्ष प्रभाव पार्ने वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकहरुको संख्यामा कमी आएको केन्द्रीय बैंकको भनाइ छ । अन्तिम स्वीकृतका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या अथिैक वर्षको ६ महिनामा गत वर्षको सोही अवधिको तुलनामा ९.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २२.५ प्रतिशतले घटेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: