
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थामा निक्षेपको बेथिति रोक्न ‘कल डिपोजिट’ लाई निरुत्साहित गर्ने भएको छ।
अहिले वित्तिय प्रणालीमा देखिएको ‘क्रेडिट क्रन्च’को कारक नै नक्कली निक्षेप रहेको पुष्टि भएपछि राष्ट्र बैंकले कडाइ गर्न लागेको हो।
आज सार्वजनिक हुने मौद्रिक नीतिको मध्यावधि समिक्षा मार्फत केन्द्रिय बैंकले कल डिपोजिटको ब्याजदर बचतको ब्याजभन्दा न्युन हुनुपर्ने व्यवस्था गर्न लागेको स्रोतले जानकारी दियो।
तीब्र गतिमा ऋण बिस्तार गरेका बैंकले त्यस अनुरुप निक्षेप बढाउन नसकेपछि धमाधम ‘कल डिपोजिट’ ल्याएका थिए। उनीहरुले नियमनकारी प्रावधान अनुसार राख्नु पर्ने २० प्रतिशत ९निक्षेपको० तरलता मध्ये पाँच प्रतिशत बिभिन्न फाइनान्स कम्पनीलाई अन्तर बैंक लगानी गरि फेरि त्यो पैसा आफ्नै बैंकमा ‘कल’ खातामा बचत गर्न लगाएका थिए। यसरी राखिएको रकमबाट समेत बैंकहरुले कर्जा प्रवाह गरेको राष्ट्र बैंकले फेला पारेको छ।
अहिले बैंकिङ सिष्टमको कुल निक्षेप मध्ये १६ प्रतिशत कल डिपोजिटको रुपमा रहेको छ। मागेको बेला जहिले पनि फिर्ता दिनु पर्ने यो रकमको ब्याजदर १४ प्रतिशतसम्म पुगेको थियो।
केही बैंकमा कुल निक्षेपको ४० प्रतिशतसम्म कल डिपोजिट रहेको छ।
कल डिपोजिटको ब्याजदर बचत भन्दा न्यून हुनुपर्ने व्यवस्था गरेपछि यो बिकृती रोकिने राष्ट्र बैंकको बुझाइ छ। यो प्रावधानले नक्कली निक्षेपसँगै संस्थागत निक्षेपकर्ताको मनोमानी समेत रोकिने केन्द्रिय बैंक स्रोतले बतायो। ठूला निक्षेपकर्ताको ब्याजदर यति चर्को रुपले बढाए पनि सर्वसाधारणले पाउने बचतमा भने बैंकहरुले दुई प्रतिशत हाराहारी मात्र ब्याज दिँदै आएका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्