
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – नेपाल टेलिकमले शनिवार ९माघ २२ गते० देखि प्रिपेड ग्राहकका लागि पनि फोरजी सेवा दिने भएको छ। नेपालमा बहुप्रतिक्षित रहेको फोरजी सेवा टेलिकमले गत पुष १७ गतेबाट पोस्टपेडमा सफ्ट लन्च गरी सुरुवात गरेको थियो।
टेलिकमको १३ औं बार्षिकोवत्सवको अवसरमा प्रिपेड ग्राहकलाई पनि फोरजी सेवा सुचारु गर्न लागेको टेलिकम प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन्। टेलिकमले पोष्टपेडका ग्राहकले प्रोमोसनल अफरका रुपमा फोरजी प्याकेजका लागि निशुल्क चार जिवी डेटा दिएको थियो।
उपभोक्ताले सुरुवातमा ३२ दशमलब ४ एमबिपिएस गतिमा इन्टरनेट चलाउन पाउनेछन्। भोलिदेखि टेलिकमले व्यावसायिक रुपमा फोरजीको प्याकेज तथा अफरल्यउने बैद्यले बताइन। व्यावसायिक तरिकाले गएपछि फोरजीको गति १०० एमबिपिएस सम्म हुने उनले बताइन्। अहिले टेलिकमको थ्रिजी अधिकतम १२ एमबिपिएसको गतिमा चल्छ।
त्यस्तै फोरजी एलटिईमा ४२ एमबिपिएसको गतिमा डाउनलोड गर्न सकिन्छ भने २५ एमबिपिएसको गतिमा डेटा अपलोड गर्न सकिन्छ। तर टेलिकम अपरेटर अनुसार यो स्पिडमा तलमाथि हुन्छ।
टेलिकमले प्रिपेड तथा पोष्टपेडमा कहाँकहाँ फोरजी चल्ने हो त्यसको बारेमा कार्ययोजना भने सार्वजनिक गरेको छैन। बैद्यले पोष्टपेडमा जस्तो प्रिपेडका ग्राहकलाई पनि यसअघि दिइदै गरेको चारजिवी डेटा हुनसक्ने बताइन।
स्रोतहरुका अनुसार, प्रिपेडमा चल्ने फोरजीमा पनि केही दिनसम्म स्किम दिइने टेलिकमको योजना छ। यतिउति भन्ने चै अझैसम्म निर्णय भइसकेको छैन।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्