×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल टेलिकमको मुनाफा ७ अर्ब माथि, गत वर्षको तुलनामा ४२.१२ प्रतिशतले घट्यो

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेपाल टेलिकमको मुनाफा ७ अर्ब माथि, गत वर्षको तुलनामा ४२.१२ प्रतिशतले घट्यो

२७ माघ २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – नेपाल टेलिकम कम्पनी लिमिटेड (Nepal Doorsanchar Company Ltd.) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद मुनाफा ७ अर्ब ९१ करोड ८६ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको तुलनाभन्दा ४२ दशमलव १२ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोहि अवधिमा नाफा १३ अर्ब ६८ करोड ११ लाख रुपैयाँ कमाएको थियो ।
१५ अर्ब चुक्ता पूँजी भएको नेपाल टेलिकमले जगेडाकोषमा ७८ अर्ब ८१ करोड ७८ लाख रुपैयाँ छुटाएको छ । कम्पनीको जम्मा आम्दानी ४९ दशमलव १७ प्रतिशतले घटेर २२ अर्ब ४७ करोड १५ लाख रुपैयाँ पुगेको छ भने खर्च ५४ दशमलव ८७ प्रतिशतले घटेर ११ अर्ब ७२ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।
नेपाल टेलिकम कम्पनी (NTC) को प्रतिशेयर आम्दानी १ सय ५ दशमलव ५८ रुपैयाँ, मूल्य आम्दानीको अनुपात ६ दशमलव ५८ गुणा, प्रतिशेयर नेटवर्थ ६ सय २५ दशमलव ४५ रुपैयाँ रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: