
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – बुधवार नेप्से परिसूचक ३ दशमलव ६४ प्रतिशतले बढेको छ । पहिलो कारोबार देखि लगातार बढिरहेको शेयर बजार ३ घण्टाको व्यापारमा ४८ दशमलव २५ अङ्कले घटेर १ हजार ३ सय ७४ दशमलव ८५ विन्दुमा पुगेको छ । यस समयमा १ सय २९ कम्पनीहरुको ३ हजार ५ सय ३८ पटकको व्यापारमा रू ४५ करोड ४५ लाख बराबरको शेयर कारोबार भएको हो ।
कारोबारमा आएका सबै समूहको परिसूचक बढेपछि समग्र नेप्से परिसूचक उकालो लागेको छ । नेपाल दूरसञ्चार कम्पनीको रू। ६ करोड ११ लाख बराबरको शेयर काराबोर भएको छ । यस कम्पनीको प्रतिकित्ता शेयर रू ६ सय ८० मा किनबेच भइरहेको हो ।
बीमा समूहको परिसूचक ४ दशमलव ३४ प्रतिशतले बढेको छ । त्यस्तै, बैङ्किङ समूहको परिसूचक ३ दशमलव ९८ प्रतिशत र ‘अन्य’ समूहको ३ दशमलव २८ प्रतिशतले बढेको छ । साथै, जलविद्युत समूहको परिसूचक ३ दशमलव १३ प्रतिशत, विकास बैङ्कको ३ दशमलव शून्य ६ प्रतिशत, होटलको २ दशमलव ६७ प्रतिशत र वित्त कम्पनीको २ दशमलव १२ प्रतिशतले बढेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्