×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आकर्षक लाभांशमा तानीए लगानीकर्ता, बजारमा हरियाली

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

आकर्षक लाभांशमा तानीए लगानीकर्ता, बजारमा हरियाली

Artha Sarokar

४ फाल्गुन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ –  करिब दुई साता यता डरलाग्दो किसिमले तल झरेको शेयर बजारले सोमबार भने केही आश जगाएको थियो । हिजो ४ अंकले घटेको बजारमा आज एकैचोटी ४१ दशमलव ८३ अंकले बढ्दा लगानीकर्ताका खुशीयाली छाएको छ । आज १४१ कम्पनीको ५२ करोड २ लाख ८७ हजार ७३ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
आज कारोबार भएका समूह मध्ये उत्पादन तथा प्रशोधन बाहेकका अन्य समूहमा हरियाली छाएको छ । सर्वाधिक बढ्नेमा बीमा समूह रहेको छ । जसमा ३८५ दशमलव ४६ अंकको वृद्धि देखिएको छ । आज सर्वाधिक कमाउने दश उत्कृष्ठ कम्पनी मध्ये अधिकांश कम्पनी यही समूहका रहेका छन् । आजैमात्र २० प्रतिशत बोनसपछि ५० प्रतिशत हकप्रदको घोषणा गरेको एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा लगानीकर्ताको आकर्षण देखिएको छ । यो कम्पनीको शेयरमूल्य करिव १० प्रतिशतले बढेको छ । त्यस्तै हिजो मत्रै ५० प्रतिशत हकप्रदको निष्काशन खुल्ला गरेको नेको इन्स्योरेन्समा पनि लगानीकर्ताको आकर्षण कायम नै रहेको छ । यो कम्पनीको शेयर मूल्य पनि १० प्रतिशतले बढेको छ ।
त्यस्तै जलविद्युत् समूह ६६ दशमलव ०६ अंकले बढेको छ । यहि समूह अन्र्तगत पर्ने दिव्यश्वरी हाइड्रोका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यो कम्पनीको शेयर मूल्य करिव १० अंकले घटेको छ । होटल समूह ४९ दशमलव ०१ अंकले बढेको छ भने बैकिङ ३७ दशमलव ११ अंकले बढेको छ । सर्वाधिक कारोबार हुने दश कम्पनीमा अधिकांश कम्पनी यही समूहका रहेका छन् । त्यस्तै विकास बैंक ४३ दशमलव २७ अंकले र अन्य समूह २ दशमलव ८९ अंकले बढेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी