×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टुटेन सेयर बजारको खुशी, शेयरबजारमा २५ अंकको बृद्धि

LAXMI SUNRISE BANK
GLOBAL

टुटेन सेयर बजारको खुशी, शेयरबजारमा २५ अंकको बृद्धि

८ फाल्गुन २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता  
काठमाडौं – सेयर बजारको खुशीयाली आइतबार पनि जारी रहेको छ । कारोबार रकम र नेप्से सूचक दुवै उक्लिंदा लगानीकर्ताको सम्पति बढेको छ । यसअघि निरन्तर ओरालो लागेको बजार गत सातादेखि बढ्दोक्रममा देखिएको हो । 
सिनर्जी र समताको आइपीओमा थन्किएको पैसा फिर्ता हुनेक्रममा रहँदा यसले पनि बजारलाई थप सहज बनाएको हो । यसबाहेक नेपाल लाइफको एफपीओमा परेको ५१ अर्ब भन्दा बढीको आवेदन पनि अब केही समयपछि फिर्ता हुनेछ । यसले पनि लगानीकर्ताको सेयर किन्न सक्ने क्षमता बढ्न जानेछ । 
 
यसबाहेक चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अधिकांश बैंक र बिमा कम्पनीले आकर्षक नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेका छन् । यसबाट पनि लगानीकर्ताको आत्मबल बलियो भएको अनुमान छ । भाउ सस्तो हुँदा छोटो समयमै नाफा लिने अर्का थरी लगानीकर्ता पनि हावी भएका ब्रोकरहरुको भनाई छ । 
विगत पछिल्ला दिनमा निरन्तर ओरालो लागेको बजारबाट केही संस्थागत लगानीकर्ता, सामूहिक लगानी कोष र व्यक्तिगत लगानीकर्ताले समेत सस्तोमा सेयर उठाउने अवसर पाएका थिए । यसको सकारात्मक प्रभाव पनि यतिबेला देखिएको हो । नेप्से सूचक २५.५० ले बढेर १३६९.३५ विन्दुमा अडिएको छ । 
आइतबार कुल एक सय ४४ कम्पनीको ६७ करोड रूपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ ।  २१ लाख कित्ता भन्दा धेरै सेयर किनबेच भएको छ । सबैभन्दा धेरै बिमा सूचक २९५.९७ विन्दुले उक्लिएको छ । नेपाल टेलिकम र जलविद्युत लगानी कम्पनीको वर्चस्व रहेको अन्य समूह २४.५८ विन्दु र बैंकिङ समूह १४.१९ अंकले माथितिर लागेका छन् ।
 कारोबार रकमका आधारमा बैंक अफ काठमान्डू अग्रस्थानमा आएको छ । यो बैंकको तीन करोड लाख रूपैयाँभन्दा धेरैको सेयर कारोबार भएको हो । कारोबार रकमका आधारमा दोस्रो र तेस्रो स्थानमा भने क्रमशः नेपाल लाइफ इन्सुरेन्स र प्रभु बैंक परेका छन् । 
  कारोबार रकमका आधारमा प्रमुख १० कम्पनी 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी