
काठमाडौँ – साताको पहिलो दिन आइतबार पनि बजार घटेको छ । अघिल्लो साताको अन्तिम दिन विहिबार ६ अंकले घटेको बजार आज २४ दशमलव ४५ अंकले घटेर १३ सय १३ दशमलव ०१ को बिन्दुमा आईपुगेको छ । परिसुचक घटेसँगै आज शेयर कारोबार रकम पनि उच्च गिरावट आएको छ । आज १३२ कम्पनीको २५ करोड ६९ लाख ४२ हजार ८७ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
आज कारोबार भएका सबै समूहमा गिरावट आएको छ । आज सबैभन्दा बढी बीमा समूहमा गिरावट आएको छ । यो समूह १६८ दशलमव ८६ अंकले घटेको छ । त्यस्तै बैंकिङ १८ दशमलव १८ अंकले, होटल समूह २९ दशमलव १२ अंकले, जलविद्युत समूह २६ दशमलव ७८ अंकले, फाइनान्स समूह ८ दशमलव ३३ अंकले, विकास बैंक ७ दशमलव ९९ अंकले र अन्य समूह ४१ दशमलव ०७ अंकको गिरावट आएको छ ।
आज सबैभन्दा बढी कुमारी बैंक लिमिटेडको तीन करोड भन्दा बढीको शेयर किनबेच भएको छ । त्यस्तै नेपाल इनभेष्टमेन्ट बैंक, शिखर इन्स्योरेन्स, एभरेष्ट बैंक लिमिटेडको एक करोड भन्दा बढी रुपैयाँको शेयर खरिदबिक्री भएको छ ।
आजको कारोबार भएका १३२ कम्पनीमध्ये १७ कम्पनीका लगानीकर्ताले मात्रै कमाएका छन् । सबैभन्दा बढी कमाउनेमा सहारा विकास बैंकका लगानीकर्ता रहेका छन् । कम्पनीको शेयर मूल्य आज करिब १० प्रतिशतले बढेको छ । त्यस्तै सर्वाधिक गुमाउनेमा सिन्धु विकास बैंकका लगानीकर्ता रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्