
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – नेपाल स्टक एक्सचेन्ज लिमिटेडले दोस्रो बजार कारोबार थप सहज बनाउन नियमित कारोबार समयमा नै १० कित्ता भन्दा कम (Odd Lot) को धितोपत्र किनबेच हुन सक्ने व्यवस्था गरेको छ । यसरी नियमित समयमा हुने अड लट कारोबारले बजारको मूल्य सीमा तथा परिसूचकमा असर नगर्ने व्यवस्था समेत मिलाइएको नेप्सेले जनाएको छ । यो व्यवस्था माघ २३ गते आइतबार देखि लागु हुनेछ ।
यस अघि नियमित कारोबार समय ९आइतबारदेखि बिहीबारसम्म बिहान ११ देखि अपरान्ह ३
बजेसम्मAll or Non (AON) बाहेकका अन्य अर्डरमा १० र १० ले गुणा जाने संख्या (Broad Lot)का धितोपत्र कारोबार हुँदै आएको थियो । यसरी अन्य किसिमका अर्डरमा १० ले गुणा जाने कित्ता नभएको अवस्थामा अर्डर क्यान्सल हुने समस्या थियो ।
१० कित्ताभन्दा कम सेयर भने नेप्सेमा शुक्रवार मात्रै कारोबार हुदै आएको थियो ।नयाँ व्यवस्थापछि उक्त समस्याको निराकरण भई लगानीकर्ता थप लाभान्वित हुने विश्वास नेप्सेले लिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्