Skip to content

सेयर बजारले लगानीकर्ता खुशी बनाउन सकेन, ०.९५ प्रतिशतले ओरालो लाग्यो नेप्से

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – आइतवार नेप्से परिसूचक शून्य दशमलव ९५ प्रतिशतले घटेको छ । १ हजार ३ सय ८२ विन्दुबाट खुलेको बजार ३ घण्टाका व्यापारमा १३ दशमलव १७ अङ्कले घटेर १ हजार ३ सय ६९ दशमलव २८ विन्दुमा पुगेको छ ।

यस समयमा १ सय ८ कम्पनीको २ हजार २ सय १८ पटकको व्यापारमा रू १७ करोड ४२ लाख बराबरको शेयर कारोबार भएको छ । यस व्यापार अवधिमा होटल र ‘अन्य’ समूह बाहेक सबै समूहको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक ओरालो लागेको हो ।

होटल समूहको परिसूचक शून्य दशमलव ४५ प्रतिशत र ‘अन्य’ समूहको शून्य दशमलव शून्य ४ प्रतिशतले बढेको छ । त्यस्तै, बैङ्किङ समूहको १ दशमलव ३४ प्रतिशत र बीमाको १ दशमलव २३ प्रतिशतले घटेको छ । साथै, जलविद्युतको शून्य दशमलव ६७ प्रतिशत, विकास बैङ्क समूहको परिसूचक शून्य दशमलव १७ प्रतिशत, र वित्त कम्पनी समूहको शून्य दशमलव ३३ प्रतिशतले घटेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्