Skip to content
LAXMI SUNRISE BANK

सेयरले निरास बनायो लगानीकर्तालाई, ४.२४ अंकले झरेर बन्द भयो नेप्से

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – सेयर बजारका लगानीकर्ता मंगलबार पनि निरास देखिएका छन्। बजारमा दोहोरो अंकसम्म गिरावट देखिए पनि अन्तिममा ४.२४ अंकले झरेर बन्द भएको छ ।
सुचक १३४४.६० अंकमा झरेको छ। हिजोअस्तिको तुलनामा कारोबार रकममा केही सुधार देखिएको छ । दिनभरीमा १३२ कम्पनीको ३१ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
अन्य र फाइनान्स कम्पनी सुचकवाहेक सबै ओर्लिएको छ । बिमा साढे २३ अंकले झरेको छ भने होटलमा ४१ अंकको गिरावट आएको छ। बैकिङ पाँच अंकले झरेको छ ।
बजारमा सबैभन्दा वढि कारोबार प्रभु बैंकको दुई करोड २१ लाख रुपैयाँको किनबेच भएको छ। नेपाल लाइफको दुई करोड सात लाख र नेपाल टेलिकमको एक करोड ९७ लाख रुपैयाँको किनबेच भएको छ ।
बजार घट्दा पनि नेपाल बैंक, सानिमा माइ हाइड्रो र सिनर्जी फाइनान्सका लगानीकर्ता वढि कमाउनेको सुचीमा परेका छन् । वढि गुमाउनेमा महिला सहयात्रा, तिनाउ डेभलपमेन्ट बैंकलगायतका लगानीकर्ता छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK