×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

४३ अंकले बजार घट्यो, झन्डै ५० करोड रुपैयाँको कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

४३ अंकले बजार घट्यो, झन्डै ५० करोड रुपैयाँको कारोबार

१ फाल्गुन २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौँ –  शेयर बजारमा बिक्रेताले क्रमश: आत्मविश्वास गुमाउन थालेको देखिएको छ । गत साता पाँचै दिन घटेको बजार आज पनि तिब्र गतिमा ओरालो लाग्यो ।

आइतबार ४३ अंकले बजार खस्किँदा कारोबार भने झन्डै ५० करोड रुपैयाँको भएको छ । बजार तिब्र घट्दा समेत कारोवार रकम बढ्नुले बिक्रेताको मनोबल खस्किन थालेको देखिएको हो ।

गत साताका सुरुवाती दिनसम्म घटाएर किन्ने क्रेता आए पनि बिक्रेता तयार भएका थिएनन् । त्यसैले बजार घटे पनि कारोबार रकम न्युन थियो ।

आइतबार होटल बाहेक सबै उचसूचक ओरालो लागेका छन् । नेप्से परिसूचक ४३.७३ (९३.३७ प्रतिशत) अंकले घटेर १२५२.५ अंकमा झरेको छ। सबै भन्दा धेरै बीमा उपसूचक ६.४३ प्रतिशतले खस्कियो। जलविद्युत ४.०६ प्रतिशत र बैंकिङ उपसूचक ३.६५ प्रतिशतले घटेका छन् ।

खुल्ने बित्तिकै तिब्र गतिमा ओरालो लागेको बजार ११:५० बजे पछि केहि सम्मालिएको थियो। तर साढे १२ बजे देखि फेरि ओरालो लाग्ने क्रम सुरु भयो । १३२ कम्पनीको ४९ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको हो ।

बजार पुरै रातो हुँदा पनि आइतबार पाँच कम्पनीका शेयरधनीले कमाएका छन् । मेरो माइक्रोफाइनान्सका लगानीकर्ताले पाँच प्रतिशत बढि कमाए ।

प्राइम लाइफ इन्स्योरेन्स र प्रभू इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशतले घटेको छ । थप १० कम्पनीका लगानीकर्ताले समेत ९ प्रतिशत बढी गुमाएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी