×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साताभर नेप्से ७३ अंकले वृद्धि, कारोबारमा सिद्धार्थ बैंक नै अग्रपंक्तिमा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

साताभर नेप्से ७३ अंकले वृद्धि, कारोबारमा सिद्धार्थ बैंक नै अग्रपंक्तिमा

२१ माघ २०७३, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – यस साता नेप्से परिसुचक पहिलो दिनको तुलनामा ७२ दशमलव ७५ अंकले बढेर अन्तिम दिन १ हजार ३ सय ८२ दशमलव ४५ अंकमा पुगेर कारोबार बन्द भएको थियो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १६ दशमलव २८ अंकले बढेर ३ सय दशमलव ३५ अंकको बिन्दुमा कारोबार बन्द भएको छ ।

साताभरमा नेप्सेमा १ सय ५६ कम्पनीहरुको शेयर कारोबार भएको छ, जस अनुसार २० हजार ६ सय ६० कारोबारबाट २ अर्ब २१ करोड ५३ लाख ७० हजार रुपैंयाँ बराबरको ५९ लाख ५ हजार ५ सय ८० कित्ता शेयरहरु किनबेच भएको छन् ।

कारोबार रकम गत साताको भन्दा शुन्य दशमलव ६४ प्रतिशतले कमी हो । गत साता १५५ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १९ हजार ३ सय ६० कारोबारबाट २ अर्ब २२ करोड ९७ लाख ५ हजार रुपैयाँ बराबरका ६६ लाख ६७ हजार १ सय ३० कित्ता शेयरहरु खरिद बिक्री भएको थिए ।

त्यसैगरी कारोबार रकमको आधारमा यो साता सिद्धार्थ बैंक अग्रस्थानमा रह्यो, जसको १४ करोड ५५ लाख ९० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी नेपाल दुरसञ्चार कम्पनीको १० करोड ३० लाख २० हजार रुपैंयाँ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १० करोड २३ लाख रुपैयाँ, प्रभु बैंकको ९ करोड ९४ लाख ९० हजार रुपैयाँ र सानिमा बैंकको ८ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएका छन् ।

त्यसैगरी साताभर ५ दिनको कारोबार भएको शेयर संख्याको आधारमा एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड १ अग्रस्थानमा रहेको छ, जसको ८ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । त्यसैगरी कारोबार संख्याको आधारमा प्रभु बैंक अग्रस्थानमा रहेको छ, जसको १ हजार ३ सय १४ वटा रहेको छ ।

यो साता नेप्सेमा लक्ष्मी लघुवित्त बित्तीय संस्थाको हकप्रद शेयर ११ लाख कित्ता, सुर्य लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर १२ लाख ५० हजार कित्ता, तिनाउ विकास बैंकको बोनस ६ लाख ८२ हजार ७ सय ४० सय कित्ता, सिन्धु विकास बैंकको बोनस शेयर २ लाख ३ हजार १ सय ७५ कित्ता र प्राइम कमर्सियल बैंकको १ करोड २३ लाख ५० हजार ८ सय ७४ कित्ता शेयर सुचीकृत भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडले दोस्रो बजार कारोबार थप सहज बनाउन नियमित कारोबार समयमा नै १० कित्ता भन्दा कमको धितोपत्र किनबेच हुन सक्ने व्यवस्था गरेको छ । नियमित समयमा हुने कारोबारले बजारको मूल्य सीमा तथा परिसूचकमा असर नगर्ने व्यवस्था समेत मिलाइएको छ ।

 यो व्यवस्था मिति २०७३र१०र२३ देखि लागु हुनेछ । यस अघि नियमित कारोबार समय ९आइतबारदेखि बिहीबारसम्म बिहान ११ देखि अपरान्ह ३ बजेसम्म० बाहेकका अन्य अर्डरमा १० र १० ले गुणा जाने संख्याका धितोपत्र कारोबार हुँदै आएको थियो । यसरी अन्य किसिमका अर्डरमा १० ले गुणा जाने कित्ता नभएको अवस्थामा हुने समस्या थियो । नेप्सेले गरेको नयाँ व्यवस्थापछि उक्त समस्याको निराकरण भई लगानीकर्ता थप लाभान्वित हुने विश्वास गरिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: