×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२१.६२ अंकले ओरालो लाग्यो बजार, १३२३ अंकमा समेटियो

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

२१.६२ अंकले ओरालो लाग्यो बजार, १३२३ अंकमा समेटियो

Artha Sarokar

२६ माघ २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – सेयर बजार लगातार चौथो दिन पनि झरेको छ। बजारमा २१.६२ अंकको गिरावटसँगै सुचक १३२२. अंकमा आएको छ। दिनभरीमा १३७ कम्पनीको ३४ करोड ५७ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

सबै उपसुचकहरु रातो भएका छन् । बिमा १७९ अंकले झरेको छ भने वाणिज्य बैंक समूह साढे १८ अंक तल ओर्लिएको छ। होटल ४४.३९, विकास बैंक २०.६४, जलविद्युत २०.७२, फाइनान्स ७.७७ र अन्य ९.२६ अंकले झरेको छ ।
दिनभरीमा सबैभन्दा वढि कारोबार प्रभु बैकको दुई करोड ५० लाख रुपैयाँको भएको छ । यसपछि एभरेष्ट बैंकको दुई करोड रुपैयाँको भएको छ । बजार घट्दासमेत साढे पाँच प्रतिशतले महालक्ष्मी विकास बैकका लगानीकर्ताले सम्पति वढाएका छन् । कुल १३ कम्पनीको सेयर मूल्य उक्लिएको छ । वढि गुमाउनेमा सुर्या लाइफ, लक्ष्मी लघुवित्तलगायत छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी