×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चितवनमा नयाँ प्रजातिका चरा थपिँदै

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

चितवनमा नयाँ प्रजातिका चरा थपिँदै

२० माघ २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • प्रनिश थापा / अर्थ सरोकार डटकम 

काठमाण्डौ –  चितवनको सिमसार क्षेत्रमा चराको प्रजाति थपिँदै गएको छ । तीन वर्षको अन्तरालमा मात्रै यहाँ सात प्रजातिका चरा थपिएको हो ।चरा को बासस्थान राम्रो हुँदै गएकाले यसरी चराको प्रजाति बढ्दै गएको हो । तीन वर्षअघि ४७ प्रजातिका चरा फेला परेकामा हालै गरिएको अनुगमनमा ५४ प्रजातिका चरा भेटिएको बर्ड एजुकेसन सोसाइटी चितवनले जनाएको छ । 
यो वर्षमात्रै चितवनको सिमसार क्षेत्रमा चार प्रजाति को चरा थपिएको छ । अघिल्लो वर्षको अनुगमन मा चितवनको सिमसार क्षेत्रमा ५० प्रजातिका चरा पाइएको थियो । तीन वर्षअघि ४७ प्रजाति भेटिएको थियो । तर यो यसपटकको अनुगमनमा ५४ प्रजातिका चरा भेटिएको बर्ड एजुकेसन सोसाइटीका निवर्तमान अध्यक्ष वासु बिंडारीले जानकारी दिए । 
चराको सङ्ख्या भने घटेको छ । यो पटकको अनुगमनमा पाँच हजार ६५९ वटा पानीमा आश्रित चरा फेला परेको र सिमसार क्षेत्र भरि गरेर कुल १० हजार ३२ चरा गणना गरिएको सोसाइटीका अध्यक्ष टेकबहादुर गुरुङले जानकारी दिनुभयो । अघिल्लो वर्ष सिमसार क्षेत्रमा ११ हजार २६० वटा चरा भेटिएको थियो ।
कुल सङ्ख्या घटेको तर चराको प्रजाति भने वृद्धि भएको पाइएको बर्ड एजुकेसन सोसाइटीको भनाइ छ । गत वर्षको तुलनामा चखेवाको भने राम्रो वृद्धि भएको पाइएको सोसाइटीले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । जसअनुसार चखेवा गएको वर्षमा दुई हजार ४६८ वटा भेटिएकामा यसपटक दुई हजार ९०५ वटाको अभिलेखीकरण गरिएको छ । 
चराको अवस्था र बासस्थानको अवस्था पत्ता लगाउन चितवनमा हालै चरा गणना गरिएको थियो । जिल्लामा चराको सङ्ख्या ६३४ पुगेको छ । नेपालमा ८८७ प्रजातिका चरा छन् । नेपाल मा पाइने चरामध्ये अधिकांश चितवनमा देखिएका ले यहाँ चरा पर्यटन फस्टाउन सक्ने चराविज्ञ टीका गिरीले जानकारी दिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: