×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंकबाट २३ लाख ४४ हजार ‘गायब’ !

  • अर्थ सरोकार सम्बाददाता  
धनगढी –  नेपाल इनभेष्टमेण्ट बैंकको धनगढीस्थित साखाबाट २३ लाख ४४ हजार रुपैयाँ एकाएक ‘गायब’ भएको छ । एटीएममा राख्नका लागि तयार पारिएको रकम शुक्रबार बैंकभित्रबाटै गायब भएको हो । पैसा कसरी र कसले गायब पार्यो भन्ने खुल्न सकेको छैन । 
यद्यपी बैंकका म्यानेजर राजेन्द्र सिंहले आइतबार जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालयले यस विषयमा अनुसन्धान सुरु गरेको छ । अनुसन्धानका क्रममा बैंकभित्रकै ३ जना कर्मचारीलाई नियन्त्रणमा लिइएको छ ।’बैंकका ३ जना कर्मचारीलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौं । अनुसन्धानका क्रममा ‘चोर’ पत्ता लाग्नेछ ।’  कैलालीका प्रहरी उपरीक्षक अर्जुन चन्दले अर्थ सरोकार डटकमसँग भने ।
आफ्नो बैंकबाट रकम ‘गायब’ भएको जानकारी आएपछि बैंकका सीइओ ज्योति पाण्डेय समेत शनिबार धनगढी पुगेका थिए । पैसासँगै बैंकको चाबी समेत हराएको प्रहरीले जनाएको छ ।  पछिल्लो समय नेपाल इन्भेष्टमेन्ट बैंकको धनागढ़ी साखामा कर्मचारीदेखि ब्रान्च मेनेजरसम्म निकै लापरवाहीपूर्वक काम गर्ने गरेको भन्ने जनागुनासो आइरहेका बेला यो घटनाले बैंक आफ्नो कामप्रति कति गैर जिम्मेवार छ भन्ने कुरा पुष्टी गरेको छ। 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: