×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसीमा यसरी थन्कियो ५ करोड ‘फागुन १७ भित्र लैजाऊ’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एनआइसीमा यसरी थन्कियो ५ करोड ‘फागुन १७ भित्र लैजाऊ’

१९ माघ २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – एनआइसी एसिया बैंकबाट मात्रै लगानीकर्ताले चार करोड ८९ लाख ८७ हजार ५३८ रुपैयाँ लाभांश लैजान बाँकी रहेको छ । बैंकले वर्षेनि दिने लाभांश सेयरधनीले नबुझेसम्म त्यहीँ रहिरन्छ । यसआधारमा एनआइसी एसियामा वर्षौदेखिको लाभांश जम्मा भएर बसेको हो ।
 अबदेखि भने पाँच वर्षसम्म पनि नलैजानेको लाभांश लगानीकर्ता संरक्षण कोषमा पठाउनुपर्ने व्यवस्था गरिएको छ ।  केही लगानीकर्ताको एनआइसी र बैंक अफ एसिया मर्ज हुनुभन्दा अघिदेखिको नगद र बोनस लाभांश अहिलेसम्म पनि त्यत्तिकै थन्किएर बसेको छ । बैंकले लाभांश लिन नआएका लगानीकर्तालाई तत्काल सम्पर्क गर्न पनि आग्रह गरेको छ । 
आर्थिक वर्ष २०५७–५८ देखि नै लाभांश नबुझ्ने पनि धेरै भेटिएका छन् । मर्जअघि नेपाल इन्डष्ट्रियल एन्ड कमर्सियल बैंक ९एनआइसी० को आर्थिक वर्ष २०५७–५८ मा नौ लाख पाँच हजार ८७५ रुपैयाँ लाभांश बैंकमै थन्किएको छ । यसैगरी, आर्थिक वर्ष २०६१–६२ को पाँच लाख २९ हजार २०० रुपैयाँ, २०६६–६७ मा एक करोड ४२ लाख १७ हजार ४९६ रुपैयाँ र २०६७–६८ मा एक करोड १९ लाख ४५ हजार ७६५ रुपैयाँ नगद लाभांश लिन बाँकी रहेको एनआइसी एसियाले  जानकारी दिएको छ । 
यसैगरी, मर्जअघिको बैंक अफ एसिया नेपालको २०६५–६६ मा ३२ लाख ३३ हजार ७२१ रुपैयाँ, २०६६–६७ मा ९४ लाख २२ हजार ७७ रुपैयाँ र २०६७–६८ मा ८७ लाख ३३ हजार ४०४ रुपैयाँ नगद लाभांश बाँकी रहेको छ । यता, बैंक अफ एसियाको आइपीओ भरेको तथा बैंक खातामा रहेको सात लाख ४८ हजार १७७ रुपैयाँमा अहिलेसम्म पनि कुनै दाबी परेको छैन । 
अब लाभांश लिन बाँकी रहेका लगानीकर्ताले फागुन १७ गते भित्र एनआइसी एसिया बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क गर्न सक्नेछन् । एनआइसी एसिया बैंकको सेयर रजिष्ट्रार सिभिल क्यापिटल मार्केट्स लिमिटेडको काठमाडौं प्लाजा कमलादीमा सम्पर्क गरेर लाभांश लैजान सकिनेछ । फागुन १७ गतेसम्म पनि नलैजानेको पैसा स्वतः लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जानकारी दिएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: