
- अर्थ सरोकार संम्वाददाता
काठमाडौँ – निर्माण सामग्रीसम्बन्धी जानकारी दिने उद्देश्यले तेस्रो अन्तर्राष्ट्रिय निर्माण सामग्री प्रदर्शनी आजदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ ।
फागुन १ गतेसम्म चल्ने प्रदर्शनीमा स्वदेशी र विदेशी निर्माण सामग्रीका कक्ष प्रदर्शनमा राखिएका छन् । प्रदर्शनीमा हेभी इक्विपमेन्ट पनि राखिएको छ ।
प्रदर्शनीको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले ठूला पुल र सडक निर्माणमा हेभी इक्विपमेन्टको प्रयोग हुन नसकी दुई चारजनाले काम गरेजस्तो गर्नाले आयोजना समयमै सम्पन्न हुन नसकेको बताए ।
उनले अर्बौंका आयोजना गुणस्तरीय रुपमा समयमै सम्पन्न हुनुपर्छ, नेपालमा राष्ट्रिय निर्माण क्षमता बढ्न सकेको छैन, यसले गर्दा विकास निर्माणका काम अलपत्र हुने गरेका छन्, यस्ता प्रदर्शनीले निर्माण क्षमता वृद्धिका लागि पनि सहयोग पुर्याउनुपर्छ भने ।
निर्माण व्यवसायीको प्राविधिक क्षमता बढाउन सरकार पनि तयार रहेको मन्त्री लेखकले प्रतिबद्धता व्यक्त गरे । यो प्रदर्शनी २०७१ देखि प्रत्येक वर्ष आयोजना गर्ने गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्