×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नियम विपरीत सवारीबाट ५८ हजार राजस्व सङ्कलन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नियम विपरीत सवारीबाट ५८ हजार राजस्व सङ्कलन

Artha Sarokar

३ फाल्गुन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 
काठमाण्डौ – जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले सोमबार विभिन्न स्थानमा गरेको सवारी कारबाहीबाट रु ५८ हजार राजस्व सङ्कलन गरेको छ ।
बिपी राजमार्गमा तीव्र गतिमा सवारी चलाउने र ट्राफिक नियम विपरीत सवारीसाधन चलाउने ४० चालक तथा सवारीसाधनलाई गरिएको कारबाहीबाट सो राजस्व सङ्कलन भएको हो ।
बिपी राजमार्गमा तीव्र गतिमा सवारी चलाउने क्रम बढेको गुनासो बढेपछि ट्राफिक प्रहरीले गरेको सवारी कारबाहीबाटै राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी हवल्दार रामेश्वर पाण्डेले जानकारी दिनुभयो ।
तराई तथा पूर्वका विभिन्न जिल्लाबाट छुटेका सवारीसाधन सिन्धुली हुँदै काठमाडौँ  र काठमाडौँ  बाट सिन्धुली हुँदै तराई तथा पूर्वका जिल्लामा सवारीसाधन चल्ने चापको समय बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म जाँच गरिएको थियो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी