×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर लगानीकर्ता संघका पद्दाधिकारीलाई भेट्दै गभर्नरले भने, ‘मार्जिन ल्याण्डीङ बढाउने कुरामा सकारात्मक छु’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सेयर लगानीकर्ता संघका पद्दाधिकारीलाई भेट्दै गभर्नरले भने, ‘मार्जिन ल्याण्डीङ बढाउने कुरामा सकारात्मक छु’

Artha Sarokar

२ फाल्गुन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – सेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंकका गभर्नर चिरन्जीवी नेपालसँग भेट गरी नेपाली पूँजी बजारको वर्तमान अवस्था र त्यसमा नेपाल राष्ट्र बैंकको भूमिका विषयमा छलफल गरेको छ । अर्थ सरोकार डटकमलाई संघका सचिव हरिश दाहालले जानकारी दिए अनुसार गभर्नर चिरन्जीवी नेपालसँग मार्जिन ल्याण्डीङ बढाउने, तरलता अभावलाई समाधान गर्ने लगायतका विषयमा छलफल भएको थियो ।  
उक्त भेटका क्रममा सेयर लगानीकर्ता संघका सचिव हरिश दाहालले संघका तर्फबाट, नेपाली पूँजीबजारको अहिलेको स्थितिलाई मध्यनजर गर्दै मार्जिन ल्याण्डीङ बढाउन गभर्नरसमक्ष माग गरेका थिए । जवाफमा गभर्नर नेपालले नेपाली पूँजी बजारको पछिल्लो अवस्था र बैंकहरुमा भएको तरलता अभावले आफुलाईपनि निकै चिन्तित बनाएको बताउँदै मार्जिन ल्याण्डीङको विषयमा आफु सकारात्मक भएको धारणा व्यक्त गरेका छन् । उनले ७० % सम्म मार्जिन ल्याण्डीङ बढाउन आफु सकारात्मक भएको र यो विषयलाई गम्भीर भएर सोचीरहेको बताएका छन् । 
गभर्नर नेपालले तरलता अभावलाई कम गर्न पनि आन्तरिक रुपमा नेपाल राष्ट्र बैंकले कामहरु गरिरहेको बताएका छन् । उनले यथासक्य चांडो तरलता अभावलाइ समाधान गरी अगाडी बढ्ने समेत बताएका छन् ।      
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी