×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

केपी ओलीको उपचार खर्चले भूकम्प पीडितका लागि ५८९ घर निर्माण हुन्थ्यो !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

केपी ओलीको उपचार खर्चले भूकम्प पीडितका लागि ५८९ घर निर्माण हुन्थ्यो !

१४ फाल्गुन २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

ओलीले उपचारका नाममा लिएको यो रकम दक्षिण एसियामै सबैभन्दा बढी हो । एउटा रोगी नेता पाल्दा यसले राज्यको विकास र प्रगतिमै नकारात्मक प्रभाव पारेको छ । ओलीले लिएको उपचार खर्चले ५८९ जना भूकम्प पीडितको घर बन्न सक्ने देखिएको छ । उनले लिएको उपचार खर्च लगभग मुस्ताङ, मनाङजस्ता साना जिल्लाको एक वर्षको बजेट बराबर छ ।
ओलीले लिएको उपचार खर्चबाट १ किमी सडकका लागि ५ लाख लाग्दा पनि ३५४ किलोमिटर पक्की मोटरबाटो, १ पोललाई १० हजार लाग्दा १७,६६७ बिजुलीका पोल, एउटा भवनको १२ लाख लाग्दा १४८ विद्यालय भवन, एउटा फारमका लागि २० लाख लाग्दा ८९ वटा आधुनिक कृषि फारम, प्रतिघर ३ लाख लाग्दा ५८९ जना भूकम्प पीडितका लागि नयाँ घर र एउटा सिंगो धरहरा बन्न सक्थ्यो ।
ओलीको जसरी नै राज्यले व्यक्तिलाई पैसा बाँड्ने हो भने १० वर्षमा देश कंगाल हुने अर्थशास्त्रीहरुले चिन्ता व्यक्त गरेका छन् । देशले सधैं रोगी नेता पाल्नुपर्ने बिडम्बना कहिले अन्त्य हुन्छ ? नेपालका लागि निकै ठूलो चिन्ताको विषय हो । यसरी हेर्दा ओलीले लिएको उपचार खर्चले देशको प्रगति नै रोकिएको भन्न सकिन्छ । -फुर्सद न्यूज
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: