Skip to content
LAXMI SUNRISE BANK

अनलाइन ट्रेडिङ आउने गोप्य सुचना पाएकाले हिजै सेयर उठाए, प्रक्रिया आजबाट सुरु हुँदै

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – बजार निरन्तर ओरालो लागेपछि चर्को दवावकाबीच अर्थमन्त्रीको ठाडो निर्देशनमा अनलाइन सिष्टम ल्याउने प्रक्रिया आजबाट सुरु हुने भएको छ । अर्थमन्त्रालय स्रोतले दिएको जानकारी अनुसार आजबाट अनलाइन सिष्टम ल्याउने प्रक्रिया हुकुनै पनि हालतमा सुरु गर्न अर्थमन्त्री कृष्ण बहादुर महराले नेप्से र धीतोपत्रबोर्डका पदाधिकारीहरुलाइ निर्देशन दिएका छन् । अर्थमन्त्रीकै ठाडो निर्देशनमा हिजो बसेको नेप्सेको विशेष बैठकले आजबाट नै प्रक्रिया सुरु गर्ने तयारी गरेको छ । 
यस विषयमा औपचारिक जानकारी सम्भवत: आज अबेरसम्म नेप्सेको वेव साइटमा अपलोड हुने नेप्से स्रोतले जानकारी दिएको छ । यसै बीच यो सुचना पाएकाहरुले हिजो नै सेयर उठाएको र त्यहि कारण पनि हिजोको बजार बढेको पाइएको छ । अनलाइन ट्रेडिङ आउने भएपछी बजार बढ्ने भन्दै हिजो उक्त गोप्य सुचना पाएकाहरुले सेयर उठाएको लगानीकर्ताहरुको भनाइ छ ।   
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK