×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्याङ्जा बन्दैछ सुन्तला जोन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

स्याङ्जा बन्दैछ सुन्तला जोन

Artha Sarokar

१ फाल्गुन २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘जोन’ कार्यान्वयन इकाई अन्तरगत स्याङ्जा जिल्लालाई सुन्तला जोनका रुपमा विकास गरिने भएको छ ।
कृषि विकास मन्त्रालय अन्तरगत यहाँ १० वर्षका लागि छुट्टै परियोजना सञ्चालन गर्न लागिएकोे हो । ‘स्याङ्जा जिल्ला सुन्तलाको प्रचुर सम्भावना बोकेको जिल्ला भएको र यहाँका सुन्तला उत्पादन र स्वादका दृष्टिले निक्कै राम्रो छ’  । 
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन इकाई कार्यालयका प्रमुख विनोद हमालले भने, ‘पहिलो चरणमा पुतलीबजार, भीरकोट नगरपालिका, एलादी, अर्जुनचौपारी र ठूलाडिही गाविसमा कार्यक्रम सञ्चालन हुनेछ भने बाँकी ठाउँमा दोस्रो चरणमा कार्यक्रम लैजाने छौँ ।’ नेपाल सरकार र चीन सरकारबीच २०७० सालमा स्याङ्जाको सुन्तला र सिन्धुलीको जुनार निर्यात गर्ने सम्झौताअनुसार काम अगाडि बढाइएको कार्यालयले बताएको  छ ।
दशवर्षको अवधिमा यहाँ उत्पादित सुन्तलालाई अझै गुणस्तरीय बनाउने, ग्रेडिङ गर्ने, प्याकेजिङ तथा भण्डारको व्यवस्था मिलाउने, कृषकलाई थप व्यावसायिक बनाउन तालिम दिने र उत्पादित सुन्तलालाई बजारीकरणको व्यवस्था मिलाइने कार्यालय प्रमुख हमालले बताए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी