×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जेठमा स्थानीय चुनाव हुदैन : राप्रपा नेता राणा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

जेठमा स्थानीय चुनाव हुदैन : राप्रपा नेता राणा

२८ माघ २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ  –  राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शमशेर जबराले वर्तमान सरकारले जेठमा स्थानीय निकायको निर्वाचन गर्न नसक्ने ठोकुवा गरेका छन् । रफत सञ्चार क्लबले शुक्रबार भक्तपुरमा आयोजना गरेका साक्षात्कारमा बोल्दै नेता राणाले राप्रपा जेठमै चुनाव हुनुपर्ने पक्षमा रहे पनि सरकारले त्यो नचाहेको आरोप लगाए ।
 एकातर्फ मधेसी मोर्चाको संविधान संशोधनको मागलाई एमालेले पारित हुन नदिने र अर्कोतर्फ सरकारले मधेसी मोर्चाको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुले कतैबाट पनि निर्वाचन सम्भव नदेखिने राणाको विश्लेषण छ ।
 मोर्चालाई बाइपास गरेर चुनाव सम्भव नहुने र चुनाव नभए मुलुक संवैधानिक संकटमा फस्ने भन्दै उनले ठूला दलहरु जिम्मेवार बनेर समस्या समाधानमा केन्द्रित हुनुपर्नेमा जोड दिए । साथै राणाले राप्रपा सरकारबाट बाहिरिन खोजेको भन्ने हल्लाको खण्डन समेत गरे । पार्टीले सरकारबाट फिर्ता हुने निर्णय नगरेको भन्दै उनले कुन नेताले कहाँ गएर के बोल्छ भन्ने कुरा प्रधान नभएको बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: