×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पत्रकार महासंघ केन्द्रीय कार्यालयमा तालाबन्दी, दुइ पत्रकारले सुरु गरे आमरण अनसन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

पत्रकार महासंघ केन्द्रीय कार्यालयमा तालाबन्दी, दुइ पत्रकारले सुरु गरे आमरण अनसन

११ फाल्गुन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ –  नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयमा ताला लागेको छ । नेपाल पत्रकार महासंघले विधि, विधान र प्रक्रिया विपरित राजनीतिक भागबन्डाका आधारमा सदस्यता वितरण तत्काल रोक्न माग गर्दै दुईजना पत्रकारले महासंघको केन्द्रीय कार्यालयमा दुइ पत्रकारले आमरण अनशन समेत सुरु गरेका छन् । महासंघका पाँचथर सभापति लवदेब ढुंगाना र इलामका सदस्य प्रेम अधिकारीले  बुधबार विहानदेखि केन्द्रीय कार्यालयमा तालाबन्दी गरी आमरण अनशन सुरु गरेका हुन् ।
उनीहरुले ४ बुंदे माग प्रस्तुत गर्दै अनशन सुरु गरेका हुन् । विधानविपरित र धाँधलीपूर्ण तरिकाले एकलौटी संचालन गरिएका इलाम र ताप्लेजुङका जिल्ला अधिवेशन खारेजी गरी प्रतिनिधिहरुलाई समेत कारबाहीको माग लगायतका मागसमेत उक्त ४ बुंदामा प्रस्तुत भएको छ ।
इलाममा चौतारी र प्रेस सेन्टर एकातर्फ र प्रेस युनियन रे संघीय प्रेस फोरम एकातर्फ गर्दै छुट्टा छुट्टै अधिवेसन सम्पन्न भएको थियो । जसमा युनियन तर्फको अधिवेसनबाट पत्रकार थर्काएर विवादमा आएका चियावारी एफएमका कर्मचारीसमेत सदस्य छन् ।  
उनीहरुले राजनैतिक भागबन्डाका आधारमा सदस्यता वितरण रोक्न, जिल्ला शाखा र प्रतिष्ठान शाखाको अधिवेशन तत्काल रोक्न, विधानविपरित बाहिरबाट ल्याइएका नयाँ सदस्यता र नविकरण कार्य फिर्ता गरी विधान बमोजिम नयाँ सदस्यता, नविकरण र स्थानान्तरणको अन्तिम टुङ्गो लगाएपछि मात्र अधिवेशन ६ महिना अघि तोक्न माग गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: