
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – भूकम्पपिडितलाई राहत बाँढेको नाममा एनजीओ आइएनजीओको मनपरी बढेको खबर आइरहेका बेला प्लान नेपालको कर्तुत सार्वजनिक भएको छ । भूकम्पपीडितलाई जस्तापाटा वितरण गरेको कुरामा पटक पटक विवादमा तानिएको प्लान नेपाल पुन: विवादमा तानिएको छ । प्लान नेपालको नयाँ ठगीधन्दा बाहिरिएसँगै आइएनजीओको नाममा भएको लुटधन्दाका नयाँ अध्यायहरु उदांगो हुन थालेका छन् ।
यसरी जस्तापाता नै झ्वाम् पार्छन् प्लान नेपालका कर्मचारी
प्लान नेपालले केहि समय अगाडी शैलुङ्गेश्वर गाविसमा जस्तापाता बाँडेको थियो । प्लान नेपालले बाँडेको जस्तामा १८ प्रति जस्तापाताको हस्ताक्षर गराएर १४ प्रति मात्रै स्थानीय भूकम्पपीडित जनतालाई बाँडेको तथ्य सार्वजनिक भएको छ । स्थानीयले दिएको जानकारी अनुसार प्लान नेपालले शैलुङ्गेश्वर गाविस वडा नं ८ का २५ घरपरिवारलाई १८ पाता जस्ता दिएको भनी हस्ताक्षर गर्न लगाएर १६ पाताजस्ता मात्रै दिएको छ । सोही गाविस वडा नं २ का ५६ परिवारलाई १८ पाता जस्ता बुझेको हस्ताक्षर गर्न लगाई १४ पातामात्रै जस्ता दिइएको छ ।
किर्ते हस्ताक्षर गरेर ठगी, आफैं हस्ताक्षर गर्ने, सामान झ्वाम पार्ने !
प्लान नेपालका कर्मचारीहरुले यतिसम्म बदमासी गर्न थालेका छन् कि, गाउँमा नभएका व्यक्तिहरुको पनि नाम टिप्दै किर्ते हस्ताक्षर गरी जस्तापाताहरु बाँडेको भन्ने कागज बनाइएको स्थानीयको आरोप छ । यसरी कागजमा मात्र राहत बाँडेर प्लान नेपालका कर्मचारीहरुले ठुलो रकम भ्रष्टाचार गरेका छन् । प्लानले दोलखाको १६ गाविसलाई कार्यक्षेत्र बनाई काम गरिरहेको छ । यसअघि पनि प्लानले गरेको काममा व्यापक घोटाला भएको आरोप लागेको थियो । यसअघिको उक्त आरोपपछी प्लानका विरुद्ध उजुरी पनि परेको थियो । तर उक्त उजुरीको सुनुवाई नहुँदै प्लानका कर्मचारीको यो प्रकरण बाहिर आएको हो ।
के भन्छन् प्रजिअ र प्लानका कर्मचारी ?
यता, दोलखाका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले प्लान नेपालले ठगी गरेको पुष्टि भए कानुनी कारबाही गरिने बताए । ‘ठगी गरेको पुष्टि भए कारवाही गर्छौं’ उनले भने, ‘गुनासाहरु आएका छन् । त्यस विषयमा छानविन हुन्छ । ठगी गरेको पुष्टि भएमा कुनै पनि हालतमा प्लान नेपाललाई कारवाही हुन्छ ।’ यता प्लान नेपालले गरेको ठगीधन्दा बारे बुझ्न खोज्दा प्लान नेपाल क्षेत्रीय कार्यालय चरिकोटका संयोजक चन्द्र कायस्थ टेलिफोन सम्पर्कमा आएनन् । यो भ्रष्टाचार काण्डमा उनी नै मोख्य दोषी भएको सरोकारवालाहरुको आरोप छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्