×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रहरी नै असुली धन्दामा !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

प्रहरी नै असुली धन्दामा !

२५ माघ २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ७० हजारको संगठनमा सबै राम्रा र असल हुन्छन् भन्ने पनि छैन । त्यहि संगठनभित्र बाटै कसैले संगठन र देशको ईज्जत राख्ने काम गर्छन् भने कसैले संगठनलाई बदनाम बनाउँछन् । यस्तै संगठनलाई बदनाम गराउने क्रममा आईतवार मात्र प्रहरीका एसएसपी श्याम खत्री पक्राउ परे । 
केही पैसाको लोभमा फस्दा खत्रीले संगठनभित्र मात्र नभए सामाजिक रूपमा पनि तिरस्कृत हुने समय सिर्जना भयो । यो त एक उदाहारण मात्र हो यस्ता प्रहरी संगठनमा धेरै छन् जसको कारण प्रहरीको जनमासमा बदनाम हुदै गएको छ, जसको साख नेपाल प्रहरीका केही प्रहरी अधिकृतले जोगाएका छन् । डिआईजी नवराज सिलवाल, एसएसपी सर्वेन्द्र खनाल, रमेश खरेल, एसपी उत्तम सुबेदी, धिरज प्रताप सिंह, प्रद्युम्न कार्की, डिएसपी सोमेन्द्रसिंह राठोर जस्ता केही प्रहरी अधिकृतका कारण नेपाल प्रहरीको साख जोगिएको छ ।
प्रसङ्ग हो– हो महानगरिय प्रहरी परिसर ललितपुर माताहत प्रहरीको । ललितपुर प्रहरी मातहत रहेका लुभु प्रहरी चौकी र लाकुरी भ्याज्याङ चौकीका प्रहरीले सर्वसाधारणलाई अनावश्यक दुःख दिएर पैसा असुल्न थालेको स्थानीयले गुनासो गरेका छन् । 
लुभु चौकीका प्रहरी नायव निरक्षक बिजय तिमल्सिना र लाकुरी भ्याज्याङका प्रहरी सहायक निरक्षक राम श्रेष्ठले सर्वसाधारणलाई दुःख दिन थालेका हुन् । घुम्न जाने युवा युवती, वनभोज गएका व्यक्ति र बाटो ओहोर दोहोर गर्ने स्थानीयलाई लुभु र भन्ज्याङको बिचमा चेकपोष्ट खडा गरी चेकिङको नाममा दुःख दिने गरेको स्रोत बाताउँछ । बरामद घरेलु मदिरा समेत पैसा दिए छाड्ने, नष्ट नगरी कार्यालयमा लिएर जाने गरेको स्थानीयको गुनासो छ । 
त्यस क्षेत्रमा रहेका अवैध खानीबाट समेत यी दुईले अवैध लाभ लिने गरेको स्रोत बताउँछ । बिगत एक महिना देखि उनिहरूले यस्तो अबैध धन्दा सुरू गरेको त्याहा कार्यारत प्रहरी नै बताउँछन् । एसएसपीको सरूवाको हल्लासँगै उनिहरूको अवैध धन्दा फस्टाएको चर्चा ललितपुर प्रहरीमा छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: