×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डीएसपीको सात्तो लिँदै एसएसपी !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

डीएसपीको सात्तो लिँदै एसएसपी !

१० फाल्गुन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । दुई साता अघी मात्र महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मा सम्हाल्न आईपुगेका एसएसपी छबीलाल जोशीले आफू मातहतलाई कडा निर्देशन दिएका छन् । 
बिना कारण कसैलाई हिरासतमा राख्ने, लेनदेनको मुद्दा आफुखुसी  हर्ने र गुण्डा नाईके तथा तिनका सदस्यसँग कसैको उठबस भएको जानकारी पाए कारवाही गर्ने चेतावनी दिएपछि वृत्तका डीएसपीहरूको निद हराम भएको छ । एसएसपी जोशीले मातहतका केही प्रहरी अधिकृतलाई सचेत समेत गराएका छन् । 
स्रोतका अनुसार उनले परिसर मातहतका दुई डीएसपी रस्वयम्भू वृत्तका डीएसपी कमल शाह र दरबारमार्ग वृत्तका डीएसपी कृष्णबहादुर पालीमगर तथा काँडाघारी वृत्तका ईन्सपेक्टर मनोज श्रेष्ठ लाई सचेत गराएको हुन् । स्वयम्भू क्षेत्रमा जुवा खेलिरहेका जुवाडेलाई बेवास्ता गरेको भन्दै डीएसपी शाहलाई र दरबारमार्ग क्षेत्रमा साताअघि दुई गुन्डा समूहबीच भएको झगडामा संलग्न सबैलाई पक्राउ गर्न नसकेको भन्दै डीएसपी मगरलाई सचेत गराइएको काठमाडौं प्रहरी परिसर स्रोतले जनाएको छ । 
त्यसैगरि काँडाघारीमा स्थानीय खोलाबाट बालुवा ओसारिरहेका तीनवटा ट्रक नियन्त्रणमा लिएपछि प्रहरीको बेवास्ता कमजोरी भएको निष्कर्ष निकाल्दै निरीक्षक श्रेष्ठलाई सचेत गराइएको हो । परिसर प्रमुख एसएसपी जोशीले जनताको जिउ धनको सुरक्षा गर्नु प्रहरीको पहिलो कर्तव्य रहेको बताएका छन् । त्यसैगरि परिसरले मातहतका वृत्तका प्रहरीलाई सुध्रिन निर्देशन दिएको छ । 
आफ्नो जिम्मेवारी राम्रोसँग वहन नगरेको गुनासो आएपछि परिसरले गम्भीर भएर काम गर्न आदेश दिएको हो । ‘हामी निश्चित नीति र उद्देश्यद्वारा निर्दे्शित छौं । माथिल्लो निकायको निर्देशन र नीतिलाई हामीले अवलम्बन गर्नुपर्छ’, परिसर प्रमुख जोशीले भने, ‘आफ्नो नीति र जिम्मेवारीभन्दा बाहिर गएर काम गर्नेलाई कडा कारबाही गर्छौं ।’ राजधानीका केही स्थानमा प्रहरी निकायले जिम्मेवारीपूर्वक काम नगरेको सूचना पाएका आधारमा जिल्ला प्रहरीले स्थलगत भ्रमणसमेत गरेको जोशीले जानकारी दिए । ‘यस विषयमा हेडक्वार्टरमा पनि कुरा भएको छ । माथिल्लो निकाय पनि गम्भीर छ’, जोशीले भने । 
जोशीले जिल्ला विकास समिति (जिविस) को अनुमतिबेगर प्लटिङ गर्ने, डोजर चलाउने र बालुवा झिक्नेलाई कडा कारबाही गर्न निर्देशन दिएको बताए । जनप्रहार साप्ताहिकमा खबर छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: