×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चुनाव घोषणा लगतै मधेसी मोर्चाद्वारा आन्दोलनको घोषणा, ११ गते मधेस बन्द !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

चुनाव घोषणा लगतै मधेसी मोर्चाद्वारा आन्दोलनको घोषणा, ११ गते मधेस बन्द !

९ फाल्गुन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – चुनाव हुने भन्ने खबर सार्वजनिक भएको केहि समयमा नै मधेसी दलहरुले आन्दोलनको घोषणा गरेको खबर छ ।  चुनाव घोषणाका लागि सिंहदरवारमा मन्त्रिपरिषद् बैठक बसिरहेका बेला  तमलोपा कार्यालयमा आन्दोलनबारे छलफल गरिरहेका थिए ।
सरकारले चुनावको मिति घोषणा गरे लगतै मधेसी मोर्चाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।सार्वजनिक कार्यक्रम अनुसार मोर्चाले भोलि १० गते मसाल जुलस निकाल्ने र पर्सि ११ गते मधेस बन्द गर्ने घोषणा गरेको छ । १२ गतेदेखि १५ दिनसम्म गाउँ, नगर सदरमुकामहरुमा भण्डाफेर अभियान चलाउने निर्णय भएको रामसपा महासचिव केशव झाले बताएका छन्  । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: