
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नै पार्टीका एक ‘हाइप्रोफाइल सुराकी’का कारण तनावमा छन् ।
पार्टीका अति गोप्य योजनाहरू समेत बाहिर ल्याउने ती सुराकी को होलान् ? प्रचण्डले सुक्ष्म अनुसन्धान गरे र हालै बसेको पार्टी हेडक्वार्टर बैठकमै प्रश्न सोधे, ‘पार्टीका सबै गोप्य योजनाहरू बाहिर लैजान हाम्रै साथी सक्रिय छन्, यस्तो भएपछि कसरी काम गर्ने?’
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिई कांग्रेसको समर्थनमा आफ्नै पार्टीको नेतृत्वमा सरकार गठन गर्ने सन्दर्भमा भएका सबै गोप्य छलफलहरू बाहिरिएपछि प्रचण्डले ती हाइप्रोफाइलवाला सुराकीको खोजी गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डले हालै ती सुराकी फेला पारेको बताउँदै पार्टीभिभत्र गम्भिर समीक्षा हुनुपर्ने धारणा राखेका छन् । उनका अनुसार ती सुराकी हुन्, ‘नारायणकाजी श्रेष्ठ’ । तर प्रचण्डले श्रेष्ठको भने नाम नलिई उनीतर्फ संकेत गरेको एक साताअघि बसेको हेडक्वार्टर बैठकमा सहभागी माओवादी केन्द्रका एक हेडक्वार्टर सदस्यले बताए ।
किन लाग्यो आरोप ?
पूर्वपरराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठ अहिले आलोचित छन् । पार्टी अध्यक्ष प्रचण्डसँग हरेक कुरामा आफ्नो भाग खोज्ने प्रवृत्ति बाहिरिएपछि आलोचित बनेका श्रेष्ठलाई अहिले आफ्नो साख जोगाउन हम्मेहम्मे परेको छ ।
एमाले अध्यक्ष ओली नेतृत्वको सरकार जोगाउन दौडधुप गरेका श्रेष्ठले त्यतिबेला आफ्नै पार्टीको निर्णय र योजनाबाहिर गएर कामकारबाही गरेको खुलेको छ । कांग्रेससँगको गठबन्धनमा पार्टी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने पार्टीको निर्णयको खुलेरै विरोध गरेका श्रेष्ठले त्यतिबेला भएका छलफल र गोप्य योजनाहरू एमाले अध्यक्ष ओलीलाई सुनाउने गरेको खुलासा भएको छ ।
‘हामीले बनाएका सबै योजनाहरू उहाँले एमालेका नेताहरूलाई सुनाउनुहुँदो रहेछ, यसरी पार्टीभित्रै सुराकी भएको थाहा पाएपछि अध्यक्षज्यु तनावमा हुनुहुन्छ’ एक नेताले भने, ‘पार्टीमा कार्वाहीको कुरा उठेको छ, तर अध्यक्षज्युले कार्वाहीसम्म जाने कुरा गर्नुभएको छैन’
त्यसैगरी काजीले सरकार गठन हुँदै गर्दा कांग्रेससँग भएको समझदारीलाई बाहिर ल्याउन महत्वपूर्ण भूमिका निभाएका थिए । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको लिखित समझदारीलाई उनले एमाले नेताको हातमा पु¥याएका थिए ।
संविधान संशोधनका क्रममा सत्तारूढ कांग्रेस माओवादीले बनाएका योजनाहरू एमाले नेताहरूले थाहा पाएपछि प्रचण्ड देउवा संशकित बनेका थिए । खासगरी सीमांकनका विषयमा भएका समझदारीहरू काजीले एमाले अध्यक्ष ओलीकहाँ पुराउने गरेको माओवादी नेताहरूको दावी छ ।
नारायणकाजी साताको कम्तिमा दुईदिन सरकारको तयारी र गोप्य योजना बुझ्न बालुवाटार जाने गरेका छन् । नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिका विषयमा प्रचण्ड र देउवाबीच मतभेद रहेको बुझिएपछि काजीले ठीक त्यहीबेला ओली र प्रचण्डबीचको सम्बन्ध सुधार गर्दै गठबन्ध बनाउनेसम्मको योजना बनाएका थिए ।
त्यही अनुरूप काजीले आफ्नै निवासमा प्रचण्ड र ओलीबीच वार्ताका लागि वातावरण बनाएका थिए । वार्तामा सहभागी एक नेताका अनुसार त्यहाँ कुनै औपचारिक कुरा भएनन् । कुरा भयो त विगतका गल्ती र अबको बाटोका बारेमा । कुनै न कुनै माध्यमबाट एमाले र माओवादीबीचको गठबन्धन बनाउने योजनामा लागेको काजीले यो योजना केही सकारात्मक त रह्यो तर सफल भने भएन ।
त्यस लगत्तै दिल्ली पुगेका काजीले सरकारका आन्तरिक योजनाहरू दिल्लीका नेतालाई सुनाउनुका साथै एमाले र माओवादीबीचको गठबन्धन बनाउने कार्यमा सघाउन सहयोग मागेको बताइन्छ । तर नेता श्रेष्ठ भने यो कुरामा सहमत छैनन् । ‘मेरो चाहना भनेको देशले निकास पाउनुपर्छ भन्ने हो, मैले यो सरकार ढालेर अर्को बनाउने या अरू त्यस्ता कुराबारे छलफल गरेका छैन’ उनले भने । आफू सुराकी नभएको दावी गरेका श्रेष्ठकै कारण पार्टीले बनाएका कर्यौँ योजना बिफल बनेको माओवादी नेताहरूको दावी छ । जनप्रहार साप्ताहिकमा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्