
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नै सत्ता साझेदार दलका नेताहरुबाट पीडित बन्न थालेका छन् । संविधान संशोधन नगरी निर्वाचनको मिति तोके आन्दोलनमा जाने सरकारलाई समर्थन दिएका मधेसी मोर्चाको चेतावनी र तत्काल निर्वाचन नगरे राजीनामा दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धम्किपछि प्रधानमन्त्री समस्यामा परेका छन् ।
प्रधानमन्त्री दाहालले मधेसी मोर्चाका नेताहरुलाई बारम्वार बालुवाटार बोलाएर सम्झाउने प्रयास गरेका छन् । तर मधेसी मोर्चाका नेताहरुले पहिले संविधान संशोधन गरेर मात्र निर्वाचनको मिति तोक्न आग्रह गरेपछि प्रधानमन्त्री अप्ठेरोमा परेका हुन् । संविधान संशोधन भन्दा पहिले निर्वाचनको मिति तोके हामी निर्वाचन हुन दिँदैनौ, सद्भावना पार्टीका महासचिव मनिष सुमनले भने ।
जति फकाएपनि मधेसी मोर्चा सहमतिमा नआएपछि प्रधानमन्त्री दाहालले सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सम्झाउने प्रयास गरेका थिए । तर देउवाले उनको प्रस्तावलाई अस्वीकार गरे । सोमबार नेपाली कांग्रेसका सभापति देउवा र दाहालबीच २ घण्टा बालुवाटारमा सम्वाद भएको थियो, तरपनि निकास निस्किएन ।
प्रधानमन्त्री दाहाल नहुँने निर्वाचनको मिति नतोक्ने पक्षमा छन् । तर कांग्रेस सभापति देउवा भने तत्काल निर्वाचनको मिति तोक्नु पर्ने पक्षमा उभिएका छन् । देउवाको दवावपछि प्रधानमन्त्री दाहाल अप्ठेरोमा परेका छन् ।
पछिल्लो समय नेपाली कांग्रेसका सभापति देउवा एमालेसँग नजिक हुँदै गएका छन् । निर्वाचनको मिति तोक्ने बिषयमा एमालेका नेताहरुसँग छलफल गरिरहेका छन् । एमालेपनि तत्काल निर्वाचन घोषणाको पक्षमा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्