
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – राजनीतिक संकट गहिरिन थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपीशर्मा ओलीसँग सम्वाद गरेका छन् । एमाले अध्यक्ष ओली आफुसँग टाढिदै गएको र कांग्रेसका सभापति शेरबहादुर देउवासँग नजिक हुन थालेपछि प्रधानमन्त्री प्रचण्डले अध्यक्ष ओलीसँग एक भेटवार्ता गरेका हो । दुई नेताबीच हरिसिद्धीमा रहेको नारायणकाजी श्रेष्ठको निवासमा भेटवार्ता भएको छ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको पहलमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले चुनावको वाताबरणका लागि सहयोग गरिदिन आग्रह गरेका छन् ।
सम्वादका क्रममा यस्तो भयो कुराकानी :-
ओली :- सरकारले चुनावका लागि किन ढिला गरेको हो ? सरकारले चुनाव नगराउनुको पछाडीको नियत के छ ? तत्काल चुनावको मिति घोषणा गर्नुपर्छ ।
प्रधानमन्त्री प्रचण्ड :- सरकारले चसुनाव गर्न चाहेको छ त्यसका कुनै शंका नगरे हुन्छ । बरु चुनावका लागि के गरे वाताबरण बन्छ त्यसमा एमालेको सहयोग चाहिएको छ ।
वार्तामा सहभागी माओवादी केन्द्रका नेता श्रेष्ठका अनुसार जेठ १५ गतेभित्र यही सरकारको तर्फबाट बजेट ल्याउन, नीति तथा कार्यक्रम पेश गर्न तथा जेठभित्रमा स्थानीय निकाय चुनाव गरिसक्ने बिषयमा दुई नेताबीच छलफल भएको छ। दुई नेताबीच बिहान १० बजेदेखि सवा ११ बजेसम्म वार्ता भएको थियो । भेटवार्तामा एमालेका तर्फबाट उपाध्यक्ष भीम रावल र माओवादी केन्द्रबाट नेता श्रेष्ठको सहभागिता थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्