×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिंहदरबारभित्र प्रधानमन्त्रीका बाबु छोरा नै पड्किएपछि !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सिंहदरबारभित्र प्रधानमन्त्रीका बाबु छोरा नै पड्किएपछि !

२६ माघ २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – सिंहदरबारभित्र प्रधानमन्त्री पड्किने कुरा पनि कस्ता–कस्ता ? सुन्दा उदेकलाग्दा १ कुरा जम्माजम्मी स्टोर शाखमा काम गर्ने दुईजना कर्मचारीको थियो । तर, यही कुरालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल र मुख्यसचवि सोमलाल सुवेदीबीच लगफत्ति चलेको छ । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।
पहिला–पहिला इन्धनमा मासिक १७ लाख करिव खर्च हुन्थ्यो । तर, अहिले घटेर सात लाखको पुगेको छ । यसको कारक हुन्, सुरुवा गरिएका उनै अधिकृतहरू । यसरी सरकारी कोषको १० लाख रुपियाँ फजुल खर्च गराउने कर्मचारी सारिँदा प्रधानमन्त्री खुसी हुनुपर्ने । तर, भएनन् । ‘तपाईले यो के गर्नुभएको ?’ भन्दै बिहीबार मुख्यसचिवसँग कड्किए ।
‘बाहिर मलाई हजुरकै मान्छेहरूले अनेकथोक भन्ने गरेका छन् । राज्यकोषको लाखौँ रकम यसरी बचाएको छु’, सुवेदीले भने । तर, प्रधानमन्त्री ‘हामीलाई सहयोग गर्ने कर्मचारीलाई के–कति कारणले सुरुवा गर्नुभएको हो रु नियत के हो रु भन्दै फेरिए कराए । यसको केही दिनपछि प्रधानमन्त्री पुत्र प्रकाश पुगे, मुख्यसचिवसँग कराउन ।
‘यसरी कर्मचारी सुरुवा गर्न रहर भए तपाईलाई सामन्यमा पूर्णचन्द्र भट्टराईको ठाउँमा पठाएर उहाँलाई यता बोलाए के हुन्छ’भन्दै प्रकाशले पनि ठेगान लगाइदिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: