
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच झण्डै आधा घण्टा टेलिफोन सम्वाद भयो । ओलीसँग सम्वाद गरेलगतै बालुवाटार पसेका देउवाको प्रस्ताव सुनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तनावमा परे ।
बालुवाटारमा कांग्रेस सभापति देउवाले प्रधानमन्त्रीबाट राजीनामा दिन दाहाललाई आग्रह गरे । ‘सरकार गठन गर्दा संविधान संशोधन र स्थानीय निर्वाचनलाई मुल बिषय बनाएका थियौ’ तर तपाईको नेतृत्व न संविधान संशोधन सम्भव देखियो न त स्थानीय निर्वाचन हुँने छाँट आयो’ देउवाले भने ‘एमालेले तपाईसँग प्रतिसोध साँध्यो, संविधान संशोधन गर्न तपाईले राजीनामा दिनु पर्ने देखियो ।’
प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति देउवाले एकाएक काँध फेर्ने प्रस्ताव गरेपछि प्रचण्ड तनावमा परे । उनले एउटा निर्वाचन गराएर काँध फेर्ने पुरानो सहमति देउवालाई सुनाए । तर देउवाले अबको तीन महिनामा निर्वाचन गर्न नसकिने दावी समेत गरे । देउवा र प्रचण्डबीच भएको झण्डै एक घण्टाको संवादमा संविधान संशोधनमा एमाले र निर्वाचन घोषणामा भारत बाधक बनेको निस्कर्ष समेत निकालेको स्रोतले बताएको छ ।
तनावमा परेपछि प्रचण्ड रिसोटतिर
देउवाले काँध फेर्ने प्रस्ताव गरेपछि तनावमा परेका प्रधानमन्त्री प्रचण्ड आइतवार साँझ गोदावरी रिसोटतिर लागेका छन् । तनाव मुक्त हुन केही सहयोगका साथ प्रचण्ड गोदावरी लागेको स्रोतले बताएको छ । देउवाले राजीनामा मागेपछि प्रचण्ड आइतबार सिंहदरवार पनि पुगेनन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्