
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – आइतबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट निर्वाचन मिति घोषणा गर्ने प्रधानमन्त्री प्रचण्डको तर्क हावामै सिमित भएको छ । शनिवार मधेसी दलका शीर्षस्थ नेताहरुसँग बालुवाटारमा भएको भेटघाटमा मोर्चाका नेताहरुले चुनावको मिति घोषणा गरिए प्रधाआनमन्त्री प्रचण्डसँग सम्बन्ध विच्छेद गर्ने चेतावनी दिएसँगै प्रधानमन्त्री प्रचण्ड चुनावको मिति घोषणा गर्नबाट तर्किएका हुन । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक मधेसी नेताहरुको चेतावनीका कारण स्थगित हुन पुगेको छ ।
यद्यपि प्रधानमन्त्री प्रचण्ड निकट सूत्रहरुले भने कांग्रेस,एमाले र माओवादीबीच थप छलफल गर्नका लागि भन्दै मन्त्रिपरिषद्को बैठक स्थगित गरिएको बताइएको छ ।
निर्वाचनको मिति घोषणाका बिषयमा साझा धारणा बनाएर सत्तारुढ दुई दलले प्रमुख प्रतिपक्ष एमालेसँग छलफल गर्ने तयारी गरेका छन्। सत्ता साझेदार दुई दलले प्रमुख प्रतिपक्षी र मधेसवादी दलसँग आज दिनभरी छलफल गरेर भोलि निर्वाचन मिति घोषणा गर्ने तयारीस्वरूप बैठक स्थगित गरेका तर्क गरेका छन ।
निर्वाचन आयोगले फागुन ८ गतेसम्म चुनावको मिति घोषणा नभए प्राविधिक रुपमा निर्वाचन गराउन नसक्ने जनाउ दिएपछि प्रधानमन्त्री प्रचण्ड चौतर्फी घेराबन्दीमा परेका छन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्