×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चुनावलाई आन्दोलनको रुपमा लिएको छु : प्रधानमन्त्री प्रचण्ड

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

चुनावलाई आन्दोलनको रुपमा लिएको छु : प्रधानमन्त्री प्रचण्ड

१० फाल्गुन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुक अब निर्वाचनमा होमिएको भन्दै त्यसको माहोल निर्माणमा सघाउन पत्रकारलाई आग्रह गरेका छन् । प्रेस काउन्सिल नेपालद्वारा निर्मित पत्रकार स्तम्भ को मंगलबार अनावरण गर्दै प्रधानमन्त्रीले चुनावको माहोल निर्माणमा सहयोग गरिदिन अपिल गरेका हुन् । 
मलाई लाग्छ संविधान कार्यान्वयनको सबैभन्दा महत्वपूर्ण कार्यभारका रुपमा रहेको स्थानीय तहको निर्वाचन घोषणा भएको छ प्रधानमन्त्रीले भने, अब यसलाई आन्दोलनकै रुपमा सम्पन्न गर्नुपर्छ । यो निर्वाचन आन्दोलनको रुपमा सम्पन्न हुने इतिहासकै यो पहिलो निर्वाचन हुनेछ । जनतामा धारणा निर्माण र कुनै पनि कुराको माहोल सिर्जना गर्न पत्रकारको भूमिका सबैभन्दा महत्वपूर्ण हुने प्रधानमन्त्रीको भनाइ छ । 
संविधानसभाबाट जारी संविधानले जनताका धेरै अधिकारलाई गाउँपालिकासम्म पुर्‍याएको भन्दै उनले चुनावपछि जनताले अनुभूत गर्ने गरी लोकतान्त्रिक गणतन्त्र र संघीयताको महत्व बोध हुने बताए। गाउँपालिकाबाटै लालपूर्जा तथा राहदानी पाउन थालेपछि तथा न्याय निरुपण पनि आफ्नै गाउँबाट हुन थालेपछि जनताले यो परिवर्तन त निकै महत्वपूर्ण पो रहेछ भन्ने कुराको बोध गर्ने प्रधानमन्त्रीको विश्वास छ । 
उनले विभिन्न चरणका आन्दोलन र बलिदानीबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्न नदिने षड्यन्त्र भइरहेको बताए । त्यसलाई निस्तेज पार्दै परिवर्तनलाई संस्थागत गर्न सबै एकजुट हुनुपर्नेमा प्रधानमन्त्रीको जोड छ । कार्यक्रममा उनले पत्रकारिता क्षेत्रको विकासका लागि तत्काल गर्नै पर्ने कुराहरुको सुझाव दिन आग्रह पनि गरे । प्राप्त सुझावलाई कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको उनको भनाइ छ । 
सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले राजनीतिक दलका नेता तथा नेतृत्वसँगै पत्रकारहरुको पनि विश्वसनीयता खत्तम गर्ने षड्यन्त्र भइरहेको भन्दै सचेत हुन आग्रह गरे । 
राजनीतिक दलका नेताहरु पनि हामीबीचकै प्रतिनिधि हुन भन्ने बुझेर उनीहरुको कमी कमजोरीसँग राम्रा कुराहरुलाई पनि बाहिर ल्याउनु पर्ने उनको भनाइ छ । कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट लगायतले पनि पत्रकारका हकहितका विषयमा आफ्नो धारणा राखेका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: