Skip to content
LAXMI SUNRISE BANK

पल्पी जुस अन्तर्राष्ट्रिय बजारमा बिस्तार गरिने

अर्थ सरोकार

  • प्रनिश थापा /अर्थ सरोकार डटकम 

काठमाण्डौ – पुर्वी चितवनबाट उत्पादन हुदै आएको पल्पी जुसले आफ्नो बजारलाई अन्तराष्ट्रिय रुपमा विस्तार गर्ने भएको छ । युनाईटेड बेभरेज प्रालिको नामबाट तीन वटा फ्लेवरमा उत्पादन हुदै आएको आँप,अम्बा र लिच्ची स्वादको जुस छिमेकी राष्ट्र भारत र चीनका केही शहरमा पुर्याउने तयारी अन्तिम चरणमा पुगेको बेभरेजका प्रबन्ध निर्देशक कृष्ण प्रसाद अधिकारीले जानकारी दिए ।
 ८ करोड रुपैयाँको लगानीबाट सुरु गरिएको उद्योगले आफ्नो लगानीलाई २० करोड पुर्याई अन्तराष्ट्रिय बजारमा विस्तार गर्न लागेको उनले बताए । स्थापनाको छोटो समयमानै पल्पी व्राण्डका जुस नेपालको ४० बढी जिल्लामा ६५ वटा डिष्ट्रिव्युटर लाई वृद्धी गरी नेपालका सवै जिल्ला र १५० वटा डिष्ट्रिव्युटर समेत वृद्धी गरिसकेको कम्पनीका निर्देशक भेषराज दवाडीले जानकारी दिए । यस्तै कम्पनीले ७ जना संचालक समितिलाई विस्तार गरी ११ जना संचालक रहने गरि समिति पनि विस्तार गरेको छ । 
कम्पनीमा चितवन उद्योग संघका अध्यक्ष भीमवहादुर पाण्डे ,विदेशमा रहेर नेपाली लगानी एकीकृत गरेको संस्था युथ भिजन इन्भेष्टमेन्ट कम्पनी ,विष्णु प्रसाद खनाल र गजेन्द्र अधिकारी प्रवेश गरी ३ करोडको चुत्ता पुँजीलाई १० करोड पुर्याएको छ ।
युवा व्यबसायीहरुलाई स्वदेशमानै केही गर्नुपर्छ भन्ने भावनाका साथ कम्पनीले लिच्चीको जुस उत्पादन गर्न नयाँ मेसिन संगै मिनिरल वाटर ,टेटा प्याक मेसिन भित्राई नयाँ उत्पादनहरु समेत गर्ने कम्पनीका प्रोडक्सन मेनेजर लोकवहादुर वस्नेतले वताए । यसैबीच , पुर्वी चितवनको होटल स्टार वैंक्युटमा आयोजित पत्रकार सम्मेलन मार्फत कम्पनीमा आएका नयाँ सदस्यहरुले आफ्नो सेयर पुँजीको रकम समेत हस्तान्तरण गरेका छन् । 
युथ भिजन कम्पनी प्रबन्ध निर्देशक इश्वरीराज अधिकारीले पहिलो चरणमा २५ लाख रुपैयाँको चेक कम्पनीका प्रबन्ध निर्देशक कृष्ण अधिकारीलाई हस्तान्तरण गरे । सो अवसरमा हरेक वर्ष युवा उद्यमी सम्मलित बेभरेजले नयाँ नयाँ उद्योगहरु स्थापना गर्ने घोषणा पनि गरेको छ । 
संघिय संरचनामा गएको चितवनमा प्रदेश स्तरको औद्योगिक क्षेत्र पुर्वी चितवनकै शक्तिखोरमा केही दिनमा प्रधानमन्त्री चितवन आएर घोषणा भएसंगै जिल्लामा आर्थिक विकासको सुरुवात हुने चितवन उद्योग संघका अध्यक्ष भीमवहादुर पाण्डेले बताए । 
बेभरेजले हाल प्रत्यक्ष अप्रत्यक्ष रुपमा २ सय जना बढीलाई रोजगारी दिदै आएको छ भने आगामी दिनमा गुणस्तरमा समेत थप वृद्धि हुने कम्पनीका प्रोडक्सन मेनेजर लोकबहादुर बस्नेतले बताए । चितवनमा हाल १ हजार २ सय उद्योग मार्फत करिव ८० हजार बढीले रोजगारी पाउँदै आएका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK