
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले संविधान संशोधन कुनै पनि हालतमा पास नहुने जिकिर गरेका छन । ९० प्रतिशत जनप्रतिनिधिले बनाएको संविधान कार्यान्वयन हुन नदिन अहिले विदेशी शक्ति र देउताका साथै वर्तमान सरकार लागिपरिरहेको आरोप समेत उनले लगाएका छन ।
‘संविधान संशोधन कसका लागि हो रु नेपाल र नेपालीहरुको लागि हो कि वा विदेशी देउता वा शक्तिहरुको लागि हो ?’उनले मधेशी जनताले अहिले संविधान संशोधन नभएर कार्यान्वयन चाहेको जिकिर गरे।उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधनको भाँजो हाल्ने काम गरेको समेत आरोप लगाए।
संविधान संशोधनले न मधेशलाई फाईदा गर्छ न त देशलाई नै, नेपाल रहेमात्रै मधेश रहन्छ, नेपाल नै नरहे मधेश कहाँ रहन्छ र ?’निर्वाचन र संविधान संशोधनको अन्र्तवस्तुमा कुनैपनि सम्बन्ध नरहेको स्पष्ट पारेका छन ।
अर्को प्रंसगमा नेता महासेठले एमालेलाई कसैलेपनि राष्ट्रवादको पाठ नपढाउन चेतावनी समेत दिए ।
उनले संविधान संशोधनको बहानामा प्रचण्ड नेतृत्वको सरकारले आयु लम्ब्याउने काम गरिरहेको समेत आरोप लगाए।‘विदेशी शक्तिलाईपनि अहिले चुनाव चाहिएको छैन । चुनाव नगर्ने खेलमा लाग्ने हो भने जनताले प्रचण्ड र देउवालाई कहाँ फाल्छ त्यो उहाँहरुले कल्पनापनि गर्न सक्नुहुन्न ।’
जेठमा चुनाव गर्न नसकिने भनेर गृहमन्त्रालयले भनिरहेको कुरा आफूहरुले थाहा पाएको उल्लेख गर्दै चुनाव कुनैपनि बहानामा टार्न नहुने बताए। नेता महासेठले प्रचण्ड नाम मात्रैको प्रधानमन्त्री भएको समेत जिकिर गरे। उनले थपे,‘क्याविनेटमा अर्को एड हक प्रधानमन्त्री पनि छन् ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्