Skip to content
LAXMI SUNRISE BANK

चन्दा उठाएर राजदूतलाई रक्सी !

अर्थ सरोकार

काठमाडौं । सहयोग र लेवीका नाममा तराई मधेस लोकतान्त्रिक पार्टीले उठाएको रकम नेपालका लागि भारतीय राजदूत राणजित रायको विदाईमा रक्सी खुवाएर सक्किएको छ । 
सहअध्यक्ष हृदयेश त्रिपाठीले पार्टीको आन्तरिक आयबाट उक्त विदाई र ककटेल डिनरको आयोजना गरेका थिए । जहाँ पार्टीको रकममात्र नभएर कार्यक्रम सम्पन्न गर्न नेपालका लागि भारतीय दूतावासको रकम चन्दाका रूपमा खर्च भएको स्रोतले जनाएको छ । सम्मानसाथ विदाईका नाममा नेपालको राजनीतिदेखि तल्लो तहसम्म कठोर भुमिका निभाउने रायलाई रक्सी खुवाएर विदाई गरिएको थियो । ‘यो सवै खर्चको जिम्मा त्रिपाठीले उठाए, दूतावासबाट पनि रकम उठाएको बुझिएको छ ।’, स्रोतले भन्यो,‘पार्टीको कोषबाट पनि रकम खर्च गरिएको छ ।’
लाजिम्पाटमा रहेको ¥याडिशनमा नेता, कर्मचारी र अधिकारकर्मी बोलाएर विदाई कार्यक्रम आयोजना गरिएको थियो । एमाले र माओवादीका नेताहरू नपुगेको उक्त कार्यक्रमको सवै खर्च राज्यले गर्नुपर्ने माग त्रिपाठीले गरेका थिए । तर, राज्यबाट त्यस्तो खर्च दिन नमिल्ने बताएपछि पार्टी कोषको र भारतीय दूतावासको रकम खर्च भएको हो । 
यसअघि सद्भावना पार्टीले राजदूत रेको सम्मानमा राखेको कार्यक्रममा पनि यादव अनुपस्थित रहेका थिए । 
मधेसी मोर्चाले राजदूत रेको विदाइ सम्मान तथा अभिनन्दन कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, राप्रपाका पशुपति शम्शेर राणा, डा.प्रकाशचन्द्र लोहनी, दीपक बोहरा, अधिकारकर्मी दमनाथ ढुङ्गाना, नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल, बाबुराम भट्टराई, हिसिला यमी, महन्थ ठाकुर, हृदय त्रिपाठी, बृखेषचन्द्र लाल, शरतसिंह भण्डारी, राजेन्द्र महतो, राजकिशोर यादव, अनिलकुमार झा, महेन्द्र राय यादवलगायतका पुगेका थिए । जनप्रहार साप्ताहिकमा खबर छ । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK