×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कांग्रेस नेता पौडेल गरे यस्तो खुलासा, ‘देश विखण्डन गर्न कांग्रेसभित्रै ग्रयाण्ड डिजाइन बनिरहेको छ’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कांग्रेस नेता पौडेल गरे यस्तो खुलासा, ‘देश विखण्डन गर्न कांग्रेसभित्रै ग्रयाण्ड डिजाइन बनिरहेको छ’

३ फाल्गुन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – ‘देश विखण्डन गर्न कांग्रेसभित्रै ग्रयाण्ड डिजाइन बनिरहेको छ,खलपात्रलाई चिन्न जरुरी छ’ । कांग्रेस नेता रामचन्द्र पौडेलले चुनाव नहुने आशंका बढेको बताएका छन् । नेपाली जनसम्पर्क समिति, बेलायतले सोमबार लन्डनमा आयोजना गरेको कांग्रेस पूर्व सभापति स्वर्गीय सुशील कोइरालाको पूण्यतिथि कार्यक्रममा पौडेलले मंसिरभित्र तीनवटा चुनाव गर्नुपर्नेमा अहिलेसम्म एउटै टुंगो नलागेको बताए ।
‘मधेसी मोर्चा संशोधन नगरि निर्वाचनमा भाग लिन्नौं भन्ने, एमाले संशोधन गर्नै नमान्ने अनि प्रधानमन्त्री प्रचण्ड मधेसीले नमानेसम्म म चुनाव घोषणा गर्दिनभन्ने अनि कसरी हुन्छ चुनाव’, उनको प्रतिप्रश्न थियो ।
नेपालको राजनीति अहिले माखेसाङलोमा अड्किएको बताउँदै नेता पौडेलले गुटबन्दीमा राजनीति गर्ने जमात बढिरहेको दाबी समेत गरे । ‘शान्तिका अग्रदूत बुद्धको देशमा द्वन्द्व र विखण्डन बढाउने काम भइरहेको छ,’ पौडेलले भने, ‘देश विखण्डन गर्न कांग्रेसभित्रै ग्रयाण्ड डिजाइन बनिरहेकाले ती खलपात्रलाई चिन्न जरुरी छ ।’
डेनमार्कमा जनसम्पर्क समितिको अधिवेशन सकेर लन्डन आएका पौडेलले नेपालमा राजनीतिक अधिकार प्राप्तिपछि सबैले जनदायित्व एवं कर्तव्य भुलेको गुनासो पनि गरे । ‘देश बनाउने चिन्ता कसैलाई भएन’, उनले थपे, ‘अधिकार मात्र खोजियो । अहिलेको संविधानमा यति मौलिक अधिकारका कुरा लेखिएको छ कि त्यो संसारमै छैन् ।’
देशमा संघीयता, समावेशीता, गणतन्त्र र लोकतन्त्र जस्ता मुख्य उपलब्धिभइसकेपछि सानातिना बखेडा झिकेर झगडा मात्र नगर्न उनको आग्रह थियो ।
जनसम्पर्क समिति बेलायतको विवाद आफैं समाधान गर्न सुझाउँदै उनले बेलायतवासी नेपालीलाई राजनीतिक खिचातानी भन्दा स्वदेशको आर्थिक समृद्धि, सामाजिक विकास, कृषि क्रान्ति, प्रविधि र अनुभव हस्तान्तरणतर्फ सोच्न एवं पर्यटन तथा जलश्रोतमा लगानी गर्न आग्रह गरे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: