×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गेम प्लान ए…!

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

गेम प्लान ए…!

Artha Sarokar

१० फाल्गुन २०७३, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • रामु खनाल, शेयरबजार विश्लेषक

इतिहास जित्नेहरुको लागि  हो । शेयर बजार कमाउनेहरुको लागि हो । जसले जित्न सक्दैन उसको लागि इतिहास अभिसाप  हो । जसले कमाउन सक्दैन उसको लागि शेयर बजार अभिसाप हो । अत: जुनसुकै क्षेत्रमापनि सफलता प्राप्त गर्नको रणनीतिक योजना बनाउनु आबश्यक हुन्छ । गेम प्लान बनाउनुपर्छ । शेयर बजार त झन यस्तो संबेदनशील क्षेत्र हो जहाँ गेम प्लान बिना नाफा आर्जन गर्न मुश्किल छ । शेयर किन्नुमात्र ठुलो कुरा होइन, किनेको शेयरबाट नाफा आर्जन गर्नु ठुलो कुरा हो । 
आर्थिक , सामाजिक , राजनीतिक क्षेत्रमा हुने  परिबर्तनले शेयर बजारमा तुरुन्तै  प्रभाव पार्छ । खरिद बिक्रेताको मनोभावमा अध्ययन गरी सोहिमुताविक आफ्नो रणनीतिक चाल बनाउनुनै सेयर बजार गेम प्लान हो ।बजारको लयअनुसार हिड्न सक्ने प्लाननै सर्वोत्तम प्लान हो  । शेयर बजार बिबिध कारणले तलमाथि भैरहेको हुन्छ । यहि तलमाथि हुन सक्ने बिन्दुको आँकलन गर्न सक्ने र न्यून बिन्दुमा छिर्ने, अनि  उच्च बिन्दुमा निष्कन सक्ने लगानीकर्तानै शेयर बजारको खेलाडी हो । न्यून बिन्दुमा प्रवेश र उच्च बिन्दुमा बाहिर जाने चलाखीपूर्ण रणनीति नै शेयर बजारको सफलताको मूल मन्त्र हो ।
आज बजारमा केहि करेक्सन देखिएको छ । यो स्वाभाविकपनि हो । किनकि १२१८ न्यून बिन्दुको हाराहारीमा पस्ने साहसिक मुटुहरुले आज जिते । किनकी आज उनीहरुले प्रोफिट बुक गरे । त्यसैले त शेयर बजार भनेको साहासिक मुटुहरुको लागि हो । बजारमा सकारात्मक कुराहरु आउदैछन् । बजारले आफ्नो गति समाउदै छ ।बजार भनेको लिफ्ट चढे जस्तो एकै पटक माथि जानेपनि होइन । विस्तारै बिस्तारै चड्ने त हो नि । तल माथि हुदै । 
बजार कतिसम्म ‘बुम’मा जान्छ भन्न सकिदैन । तर अहिलेको अबस्था हेर्दा बजार छिट्टै नै १५०० माथि पुग्न सक्ने सहज अनुमान गर्न सकिन्छ । यहि अहिलेको अबस्था बाट प्रबेश गरि १५०० माथिको कुनै उपयुक्त बिन्दु बाट बाहिर  निष्कने रणनीतिक प्लाननै गेम प्लान  ए हो ।
अहिलेको अबस्था हेर्दा बजार न्यून बिन्दु बाट फर्केको छ ।फाल्गुण चैत्र भनेको नै शेयर लगानीको महिना पनि हो । अहिलेको लगानीको परिपक्क आम्दानी लिने समय भनेको श्रावण भाद्र हो । देशमा चुनाबि माहोल बन्दै छ, सबैकुरा सकारात्क हुदैछन् । अत: यो समय भनेको लगानी गर्ने समय हो । अहिलेको लगानी  १५०० माथि बेच्ने समय  हो । 
‘प्लान ए’को लागि पहिला उच्च बिन्दुमा रहेका तर अहिले न्यून बिन्दुमा झरेका कम्पनीहरुको छनौट पहिलो प्राथमिकतामा पार्नु पर्छ ।१५०० माथिको लागि यो  प्लान ए ले काम गर्दैन । गेम प्लान बि को लागि अर्को रणनीति बनाउनु पर्छ ।सबै अबस्थामा उहि रणनीतिले काम गर्दैन । अवस्था हेरेर व्यवस्था गर्नु पर्छ । शेयर बजारमा  आउनु भनेको  शेयर बजार बाट शेयर जम्मा गर्न होइन । शेयर बजारबाट पैसा जम्मा गर्न हो ।
धेरै लगानीकर्ताहरुको गुनासो के हुने गर्छ भने शेयर बजार बढ्यो तर मेरो शेयर बढ्दै बढेन ।यसो हुनु भनेको लगानीकर्ताको शेयर छनौटमा गल्ति हुनु हो । शेयर बजारको कुन चक्रमा कुन शेयर बढ्छ र कुन चक्रमा कुन रणनीति बनाउने हो सो कुराको आकलन गर्न नसक्नु हो । त्यति बेलाको अबस्था हेरी व्यवस्था गर्न सक्नु पर्छ  ।शेयर बजार भनेको नै साहसी मुटु हुनेहरुको लागि हो । बजार रातो भयो कि भाग्ने हरियो भए कि पस्ने अलि डराउने स्वभाव भएकाहरुको लागि होइन । बजार घट्दा दह्रो मुटु बनाइ शेयर किन्ने हरियो हुदा धेरै लोभ नगरी  शेयर बिक्रि गरि रकम जम्मा गर्ने हरुको लागि हो । बजार कता जादै छ सो को अनुमान गरि बजारमा पस्ने , बजारमा बस्ने , बजार बाट भाग्ने गेम प्लान नै  हो प्लान  ए , प्लान बि , प्लान सि !
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी