×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राप्रपाको चुनावमा दाजुभाइले नै चुनाव जिते, सूर्यबहादुर थापाका छोरा विजयी तर नाति पराजित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

राप्रपाको चुनावमा दाजुभाइले नै चुनाव जिते, सूर्यबहादुर थापाका छोरा विजयी तर नाति पराजित

Artha Sarokar

११ फाल्गुन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – राप्रपामा दाजुभाइ तथा काकाभतिजले नै चुनाव जित्दा राप्रपा संस्थापक सूर्यबहादुर थापाका नाति सिद्धार्थ भने पराजित भएका छन् । पूर्वप्रधानमन्त्री थापाका छोरा सुनिललाई कार्यकर्ताले सम्मानजनक जित दिलाउँदा नाति सिद्धार्थलाई कार्यकर्ताले यस पटक पत्याएनन् । महोत्तरीका भरत गिरी र राजेश गिरी सहोदर दाजुभाइ हुन् । उनीहरु दुवैले चुनाव जितेका छन् । 
युवक संगठनका अध्यक्ष भएर पनि प्रकाश रिमाल भने पराजित भए । पूर्वमन्त्री हेमबहादुर मल्लकी बुहारी प्रेक्षाले चुनाव जितेकी छन् । काठमाडौंका विक्रमबहादुर थापा र उद्धव थापा काकाभतिजा हुन् । उनीहरु दुवैले खुला केन्द्रीय सदस्यमा चुनाव जितेका छन् ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी