×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राप्रपामा अध्यक्ष चयन गर्न ६० वटा मेसिनबाट मतदान हुँदै

LAXMI SUNRISE BANK
GLOBAL

राप्रपामा अध्यक्ष चयन गर्न ६० वटा मेसिनबाट मतदान हुँदै

९ फाल्गुन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष चयनका लागि सोमबार मतदान भएको छ । सोमबार दिउँसो १ बजेदेखि काठमाडौंको भृकुटीमण्डपमा अध्यक्ष चयनका लागि मतदान सुरु भएको हो । अध्यक्षमा कमल थापा र प्रदीप बिक्रम राणाको उम्मेदवारी परेको छ ।
राप्रपाका प्रमुख नेताहरु थापा, पशुपति शम्शेर जबरा, लोकेन्द्रबहादुर चन्द र डा प्रकाशचन्द्र लोहनीले थापालाई सर्वसम्मत अध्यक्ष बनाउने निर्णय गरेपनि काठमाडौं क्षेत्र नम्बर ७ का राप्रपा अध्यक्ष राणाले उम्मेदवारी दर्ता गराएका हुन् ।
देशभरीबाट महाधिवेशनमा सहभागी हुन आएका ३ हजार ५ सय प्रतिनिधिले अध्यक्ष चयनका लागि मतदान गर्नेछन् । विद्युतीय भोटिङ मेसिन मार्फत मतदान भइरहेको निर्वाचन समितिले जानकारी दिएको छ । एक पटकमा ६० जनाले मतदान गर्न सक्ने गरी व्यवस्था मिलाइएको राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए । १४ वटा स्थानमा ६० वटा मेसिन राखिएको छ ।
अध्यक्षमा मतदान सकिएपछि मात्र केन्द्रीय सदस्यका लागि मतदान हुने उनले बताए। अध्यक्ष पदको मतदान सोमबार ४ बजेसम्म सक्ने लक्ष्य रहेको निर्वाचन समितिले जनाएको छ । सोमबार नै केन्द्रीय सदस्यका लागि पनि मतदान हुने सम्भावना कम रहेको छ । 
राप्रपाको महाधिवेशनले अध्यक्ष सहित ९८ जना केन्द्रीय समिति निर्वाचित गर्नेछ । जसमा खुला तर्फका केन्द्रीय सदस्य ४० जना, महिला १६ जना चयन हुनेछन् । त्यस्तै मधेसी २, कर्णाली ४, मुस्लिम २, मुस्लिम महिला २, प्रवास २ आदिवासी जानजाति ९, उत्पीडित २ केन्द्रीय सदस्य चयन हुने केन्द्रीय सदस्यका उम्मेदवार किरण गिरीले जानकारी दिए ।
खुला ४० जनाका लागि १ सय ५६ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै १६ जना महिलाका लागि ४२ जनाले उम्मेदवारी दिएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी