×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय वाणिज्य बैंकको नाफा एक अर्ब २१ करोड, अर्ब नघाउने बैंक ६ पुगे

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

राष्ट्रिय वाणिज्य बैंकको नाफा एक अर्ब २१ करोड, अर्ब नघाउने बैंक ६ पुगे

३ फाल्गुन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्म एक अर्ब २१ करोड रुपैयाँ नाफा गरेको छ । पुसभित्रै नाफा एक अर्ब नघाउने बैंकको संख्या अब ६ पुगेको छ ।
सञ्चालनमा रहेका २८ बाणिज्य बैंकमध्ये नेपाल बैंकले एक अर्ब ८९ करोड, नबिल बैंकले एक अर्ब ७४ करोड, नेपाल इन्भषेष्टमेन्ट बैंकले एक अर्ब ५८ करोड, प्रभु बैंक एक अर्ब ११ करोड र हिमालयन बैंक एक अर्ब दुई करोड नाफा गरेका छन् । एभरेष्ट बैंक ९७ करोड रुपैयाँमा अड्किएको छ।
राष्ट्रिय वाणिज्य बैंकले खुद ब्याज आम्दानी तीन अर्ब चार करोड रुपैयाँ गरेको छ । बैंकले ९३ अर्ब ९० करोड कर्जा लगानी गरेको छ भने निक्षेप एक खर्ब ३८ अर्ब रुपैयाँ जम्मा गरेको छ ।
८ अर्ब ५८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको खराव कर्जा पौने तीन प्रतिशत मात्र छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: