×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रिलायबलको दादागिरी ! आफुले कबुल गरेको हकप्रद नदिने प्रस्ताव साधारणसभामा लैजाँदै, लगानीकर्ता संघको यस्तो चेतावनी

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – पटक पटक विवादमा फसीरहेको रिलायबल डेभलोपमेन्ट बैंकले पुन: लगानीकर्ताको अहित हुने काम गरेको आरोप लगानीकर्ताहरुले लगाएका छन् । बैंकले आउँदो साधारणसभामा गत बर्षको साधारण सभाबाट हकप्रद दिने निर्णय फिर्ता लिने एजेन्डा आउँदो साधारणसभामा लैजाने भएको छ । 
बैंकले १:१ हकप्रद दिने भन्ने निर्णय गरेको थियो भने धीतोपत्र बोर्डले घोषणा गरिएको हकप्रद कुनै पनि हालतमा दिएर मात्र अगाडी बढ्न निर्देशन समेत दिइसकेको थियो । तर बैंकले आफुले कबुल गरेको हकप्रदसम्म नदिने र केहि दिनपछी हुने साधारण सभामा यो एजेन्डा पास गर्ने जानकारी नेप्सेलाई दिइसकेको छ ।    
यता लगानीकर्ता संघका सहप्रवक्ता समेत रहेका हरिश दाहालले भने बैंकले आफुले कबुल गरेको हकप्रद नदिइ अगाडी बढे जस्तोसुकै कदम चाल्न पनि आफुहरु पछी नहट्ने चेतावनी दिएका छन् । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै सहप्रवक्ता दाहालले संघमा रिलायबलका विरुद्ध उजुरी परिसकेकाले आउँदो साधारणसभामा जे पनि हुन सक्ने चेतावनी दिएका छन् ।  
‘साधारणसभाबाट हकप्रद दिने घोषणा गरेर लगानीकर्ताले त्यो पाउँदैनन् भने अव साधारणसभाको महत्त्व के ? भन्ने प्रश्न उठेको छ ।  केटाकेटी खेल हो र साधारणसभा ? यदि रिलायबलका लगानीकर्ताले हकप्रद पाएनन् भने लगानीकर्ताको हक- अधिकार बचाउने सेवन कहाँ छ ?’ अर्का लगानीकर्ता सन्तोष सिग्देलले अर्थ सरोकार डटकमसँग भने ।
रिलायबल  डेभलोपमेन्ट बैंकले अघिल्लो साधारणसभामा १:१ हकप्रद दिने निर्णय गरेको थियो । 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: