
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – ओखलढुंगाको टोक्सेल हर्कपुरबाट मोलुङ खोला दोभान हुँदै सोलुखुम्बु जोड्ने मोलुङ खोला करिडोर सडक निर्माण सुरु भएको ८ वर्ष बितिसक्दा पनि ३ किलोमिटर भन्दा निर्माण हुन सकेको छैन । सिस्नेरी–६ र टोक्सेल–१ मा रहेको मोलुङ खोला दोभानबाट उपभोक्ता समितिले २०६४ सालमा जिविसको २० लाख रुपैयाँमा निर्माण कार्य सुरु गरेको थियो ।
हर्कपुर सडक डिभिजन कार्यालयले पनि २०७१र०७२ मा दुई करोड ८५ लाख रुपैयाँमा ठेक्का लगाएको थियो । अहिलेसम्म एक करोड २० लाख रुपैयाँको काम भएको डिभिजन सडक कार्यालय हर्कपुरले जनाएको छ । कार्यालयले यो सडक चालू आर्थिक वर्षभित्र निर्माण सक्ने लक्ष्य राखे पनि सकिने कुनै छाँट नदेखिएको स्थानीय बताउँछन् ।
‘ठेक्का लागेको सडक सकिने कुनै आधार छैन,’ स्थानीय हेमसागर पराजुलीले भने, ‘चट्टान भएको ठाउँ छाडेर कमलो भाग खनिएको सडक कसरी चालू आर्थिक वर्षभित्र पूरा हुनसक्छ ?’ एकैठाउँमा वर्षौंदेखि सडक निर्माण हुँदा सिँचाइ कुलो पुरिएर खेती लगाउन समेत समस्या रहेको उनको गुनासो छ ।
मोलुङ करिडोरले ओखलढुंगाका १५ गाविसका जनतालाई छोटो दुरीमा सदरमुकामसँग जोड्छ । यो सडक सदरमुकाम र मध्यपहाडी लोकमार्ग जोड्ने सबैभन्दा छोटो मार्ग हो । यो सडक निर्माण सम्पन्न भएपछि २० किमी कम दूरीमै हर्कपुरदेखि ओखलढुंगा सदरमुकाम पुग्न सकिने हर्कपुर सडक डिभिजन कार्यालयले जनाएको छ । ठेकेदार र सडक डिभिजनकै कारण सडक निर्माणमा ढिलाइ भएको स्थानीयको आरोप छ ।
परिमाणका आधारमा ठेक्का लगाउने र ठेकेदारले आफू अनुकूल खनेर परिमाण पुगेको भन्दै योजना फरफारक गर्ने गरेको मोलुङ खोला करिडोर सडक सरोकार समितिका सदस्य शम्भु कुमार धमलाले बताए । ‘ठेक्काका नाममा बाटोको मुख नै नखोली चट्टानको भाग बाँकी राखेर कमलो माटोमात्र खनिएको उनको गुनासो छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्