
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – सामाजिक संजालमा बजार घट्छ भनेर चर्चामा आएका दुर्गा काफ्ले र बजार बढ्छ, निराश नहुनु भन्ने खालका स्ट्याटस हाल्ने रोहन शर्माको फेसबुकमै जुहारी चल्न थालेको छ । दुर्गा काफ्लेले ‘आजकल रोहन शर्मा कहाँ गए ? के गर्दैछन् ? कि सेयरको लाइनमा छन् ?’ भन्दै स्ट्याटस राखेपछि रोहन शर्माले पनि त्यसको उत्तर फेसबुकमै दिएका छन् ।
रोहन शर्माले लेखेका छन्,
‘करिव ४ महिना अघीको कुरा हो, फेसबुकमा आवद्द मसिनो गाँठीको एउटा भाईले बिहानको ४ बजे म्यासेज पठायो, आफु पनि त्यहीबेला अनलाईन भएको हुँदा तत्काल कुराकानी भयो। करीव आधा घण्टा भएको त्यो च्याटमा थाहा भयो कि उनि बजारबाट साह्रै पिडित भएका रहेछन्, बैदेशिक रोजगारबाट लामो समय लगाएर कमाएको करिव ३० लाख रुपयाँले प्रती कित्ता २५०० भन्दा माथी हालेर चिलिमेको सेयर खरिद गरेको कुरा उनले मसँग गरे ।
उनी दैनिक जसो उहि समयमा च्याटमा आउन थाले । कहिलेकाहिं उनको कुरा सुन्दा सही जस्तै लाग्दथ्यो । तर बिस्तारै उनको पोष्टहरु नियन्त्रण बाहिर जान थाल्यो । बजार को बारेमा सँधै नकारात्मक कुरा मात्र गर्न थाले । सामाजिक मर्यादा भुलेर सामाजिक सँजालको दुरुपायोग गर्न थाले। उनले प्रयोग गर्ने शब्दहरु अपाच्य लागेर मैले ब्लक गरिदिएँ। त्यस लगत्तै उनि मेरो खेदो खन्न थाले । मलाई यसमा कुनै गुनासो छैन। भलो पनि उनैको होस्, अनि जय पनि उनैको होस् ।
आकाशमा सुर्यलाई मडारिएको बादलले छेक्दा पानी पर्छ भनेर जो कोहिले अनुमान गर्न सक्छ । तर कालो बादल लाई चिरेर कुनै दिन सुर्यको प्रकाश बाहिर जान्छ भनेर सोच्नु भनेको आशा हो । आशानै सकारात्मक सोच हो । सकारात्मक सोचको परिणाम भनेको सफलता हो ।
गहिरो कुराको भारलाई तिम्रो दिमागले धान्न सक्दैन तैपनी भन्न मन लागेको केहि सामान्य कुरा
☆आज एउटा सेयर बजार सम्बन्धी फोरममा तिमीले मेरो नामनै तोकेर केहि केहि लेखेछौ । जसमा कमेण्ट मैले दिन नसकेता पनि अरु अग्रज तथा मित्रहरुले दिनेनै छन् ,जसलाई आगामी दिनमा गुरु मन्त्र मान्नु, तिमीलाई फाईदानै हुनेछ।
☆यदी तिम्रो दिमाग ठिक ठाउँमा छ भने सभ्यता भन्ने के हो भन्ने कुरा आफ्ना अग्रजहरुबाट सिक ।
☆आज जुन मिडियाहरुले तिमीलाई तक्मा लगाईदिएका छन्। लेखेर राख भोली तिनै मिडियाले तिम्रो कट्टुको तुना खुस्काईदिनेछन् ।
☆लगानी डुब्दा पिडा हुनु स्वभाबिकनै हो । तर त्यसलाई सही ठाउँमा सही तरिका ले पोख्नु पर्यो ।
☆तिमीले फेसबुकमा फोटो राखेका छौ जसको कारण मैले तिम्रो उमेर, योग्यता, आचारण सबै अनुमान गर्न सक्छु । तर मेरो फोटो तिमीले देखेका छैनौ । उमेरमा म तिम्रो बाबु भन्दा पनि जेठो हुनसक्छु । त्यसकारण सोचेर शब्दहरु चयन गर्ने गर।
☆मेरो कारणले कसैलाई नराम्रो भएको छ भने उसले कानुनको बाटो रोज्न सक्छ । मेरो मित्रको सुचीमा सुरक्षा, न्याय क्षेत्रका उच्च तहका ब्याक्तित्व पनि हुनुहुन्छ । मेरो हरेक गतिबिधी वहाँहरुले अवलोकन गरिरहेकै हुनुहुन्छ ।
☆एउटा कुरा सोच आकाश तिर फर्केर थुक्दा आफ्नै मुखमा पर्छ ।
☆बाबु राजा कहिंकतै भेटेकै भरमा बौद्दिक मान्छेसँग फोटो खिचेर प्रोफाईल पिक्चर राख्दैमा ठुलो मान्छे भईंदैन,रहर गरेर मात्र हुँदैन ठुलो अनि सफल मान्छे बन्न अध्यान अनि निरन्तर चिन्तनको जरुरत पर्दछ!
☆गालीनै गर्ने हो भने मैले पनि जानेको छुँ । त्यो पनि ६ भन्दा बढी भाषाहरुमा!
कुकुरले भुक्यो भन्दैमा भुक्ने अनि टोक्न आयो भन्दै टोक्नै जाने मेरो आचारण हैन ।
आज कुनै फरक कुरा लेखुँ भनेर सोच्दै थिएँ । एउटा मित्रले तिम्रो पोष्टको स्क्रीन शट पठाईदिएको हुँदा, आजको समय तिमीलाई दिने निर्णय गरें । यो पोष्टले तिम्रो मती फिर्यो भने सोच्नेछुँ, “आजको मेरो समय खेर गएन!”‘
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्