Skip to content
LAXMI SUNRISE BANK

बिचरा हामी…कतिसम्म निराशावादी ! (रोहन शर्माको विश्लेषण)

अर्थ सरोकार

  • रोहन शर्मा 

लामो समय द्वन्दमा होमिएको मुलुक माओबादी मुलधारमा आए लगत्तै सम्बिधान सभाको चुनाव पुर्व सेना समायोजनको कुरो आउँदा हामी भन्ने गर्दथ्यौं,”कसरी हुन्छ सम्बिधान सभाको चुनाव? यो सेना समायोजन भन्ने कुरानै असम्भव छ।” अन्त:त सेना समायोजन भयो ।
त्यसपछी सम्बिधान सभाको चुनावनै हुने कुरामा हामी बिश्वास्थ थिएनौं । निर्धारित समयमा सम्बिधान सभाले सम्बिधान दिन सकेन अनि बिघटन गरियो। फेरी अर्को मिती तोकियो । दोस्रो सम्बिधान सभाको चुनाव घोषणा भएसँगै सम्बिधान सभाबाट सम्बिधान बन्ने कुरामा माया मारिसकेका हामीहरुले अन्त:त ढिलै भएपनी सम्बिधान पायौं नै। जुन बिषय प्रती हामी पहिले पुर्ण नकारात्मक थियौं।
केहि समय अघीदेखी स्थानिय निकायको चुनावको मिती घोषणा हुने चर्चा चलीरहँदा हामी भन्ने गर्दथ्यौं,”चुनावको मिती घोषणा त हुनै सक्दैन।” त्यो पनि हिजो भयो, अब हामी आज भन्दैछैं,”मिती घोषणा भएर हुन्छ ? चुनाव त हुनै सक्दैन!” कुरौं, परिणाम समयले देखाउनेछ ।
हामीमा नकारात्मक प्रभावले यतीसम्म जरो गाडेको छ कि जुनसुकै कुरामा हामी नकारात्मक मात्र देख्छौं। हामीमा तथ्यहरु केलाउने र सकारात्मक सोच्ने शक्तीनै ह्रास भैसकेको छ नकारात्मक सोचको कारण। नकारात्मक सोच हुनेहरुले कुनैपनि क्षेत्रमा सफलता पाउन सक्दैनन् कारण उनिहरुको आधा दिमाग मरिसकेको हुन्छ। रन्तर नकारात्मक सोचलाई मात्र बढावा दिने हो भने एक दिन हामी अवश्य मनोरोगको शिकार हुनेछौं। बेलैमा सोचौं।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK