×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रत्ननगरमा सुबिधायुक्त सभाहलको निर्माणकार्य सुरु

LAXMI SUNRISE BANK
GLOBAL

रत्ननगरमा सुबिधायुक्त सभाहलको निर्माणकार्य सुरु

२३ माघ २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • प्रनिश थापा / अर्थ सरोकार डटकम
काठमाण्डौ – चितवनको दोस्रो नगरपालिका रत्ननगर नगरपालिकामा सुविधायुक्त सभाहल निर्माण सुरु भएको छ । नगरपालिका बनेको दुई दशकपछि यहाँ सुविधायुक्त सभाहल निर्माण सुरु भएको हो । विसं २०५३ मा स्थापना भएको रत्ननगर नगरपालिका भरतपुरपछि बनेको पहिलो नगरपालिका हो । हाल चितवनमा सात नगरपालिका र एक उपमहानगरपालिका छन् । 
पिएस एण्ड बिरुवा जेभीले पूर्वपश्चिम राजमार्गको रत्ननगर सौराहा जाने बाटो नजिकै भक्तिनी बगैँचामा सभाहल निर्माणको काम थालेको हो । नगरपालिकाको मापदण्डमा पनि सभाहल भएको क्षेत्रलाई ठूलो मान्यता दिइन्छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय चितवन माततहबाट साढे दुई वर्षमा निर्माण सक्ने गरी सभाहल निर्माण सुरु भएको कार्यालयका इन्जिनियर अनन्त कुमार देवले जानकारी दिनुभयो । 
उहाँका अनुसार अहिले जग खनेर पिल्लर उठाउने काम सुरु भएको र निर्माण मा तदारुकता दिइएको छ । रु. २० करोडको लागत भएपछि रु १६ करोडको ठेक्का परेर सभा हल निर्माण सुरु गरेको रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत काशीराम गैरेले जानकारी दिनुभयो । अहिले २२ कठ्ठा जग्गामा ७०० मानिस अट्ने क्षमताको सभाहल बन्न लागेको छ । 
सभाहलसँगै यहाँ कभर्डहल र बालउद्यानसमेत बनाइने नगरपालिकाका कार्यकारी अधिकृत गैरे को भनाइ छ । अहिले सौराहामा बन्न लागेको सभाहल र यो सभाहलको विषयमा विवाद हुँदै आएको छ । रत्ननगरको सभाहलको नाम पनि ‘सौराहा सभाहल’ नै भएर निर्माण सुरु भएकाले सौरेलीहरुले आफ्नो सभाहल रत्ननगरले लगेको भनेर आरोप लगाउँदै आएका छन् ।
 तर , नगर पालिकाका कार्यकारी अधिकृत काशीराम गैरेले भने नाम कम्प्युटर प्रिन्ट का बेला गल्ती भए पनि यो रत्ननगर सभाहल नै भएको दाबी गर्नुभयो । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय चितवनका इन्जिनियर अनन्तकुमार देवले अहिले पनि नाम ‘सौराहा सभाहल’ नै भए पनि यो पूर्व स्वीकृत कार्यक्रम अनुसारकै सभाहल भएको बताउनुभयो ।
 सौराहा मै बन्ने भनेको सभाहलको विषयमा कुनै परीक्षणसमेत नभएको उहाँले बताउनुभयो । नामको विषयमा मन्त्रालयमा छलफल भइरहेको उहाँको भनाइ छ । सौराहामा पनि अर्का छुट्टै सभा हल बन्ने सहरी विकास मन्त्रालयले आश्वासन दिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी